नेपालगञ्ज – नेपाली कांग्रेसका प्रशान्त विष्टले नेपालगञ्जको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।
सुर्खेतरोडस्थित औद्योगिक क्षेत्र अगाडि रहेको पार्टी कार्यालयबाट बाजागाजा, नाराजुलुशसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका विष्टले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।
प्रशान्तसँगै जनता समाजवादी पार्टी जसपा का कमरुद्दिन राईले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसले मेयर र जसपाले उपमेयर लिने केन्द्रीय सहमति रहेको छ ।