नेपालगन्ज-आसन्न बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागी राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु भएको छ ।
स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा यसका लागि चहलपहल समेत तिब्र रुपमा बढेको हो । हरेक दलका प्रतिनिधी आ–आफ्नो पक्षमा माहोल बनाउन झन्डा र व्यानरसहित घरदैलोमा जुटिसकेका छन् ।
स्थानिय तहको निर्वाचनलाइ लक्षित गरेर नेकपा एमाले नेपालगन्ज उप–महानगरपालिकाले पनि घरदैलोमा सक्रियता देखाएको छ । स्थानिय तहको निर्वाचन नजिकीदै गर्दा स्थानिय तहको निर्वाचनलाइ लक्षित गरेर नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिकाले घरदैलोमा सक्रियता देखाएको हो ।
उप–महानगरपालिकाका मेयर पदका उम्मेद्वार पशुपति दयाल मिश्र नेपालगन्ज उपमेयर पदका उम्मेद्वार शान्ति ढकाल घरदैलोमा व्यस्त देखिएका छन् ।
जनताको अपेक्षा र समस्या पहिल्याउन आफुहरु जनताको घरदैलो सम्म आइृपुगेको मेयरका प्रत्यासी मिश्रले बताए ।
बिहीवार नेपालगन्ज उप–महानगरपालिका वडा नं ५ र ६ मा आफुहरुले नेकपा एमालेको प्रचार प्रसार सहितको घरदैलो कार्यक्रम गरेको बताउदै मिश्रले नेपालगन्जलाई समृद्ध बनाउन र नेपालगन्जवासीलाइ जागरुक गराउन पनि यो घरदैलो कर्यक्रम प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे ।
जन अपेक्षा के हो भनेर बुझ्नलाइ आफुहरु जनताको ढोका ढोकामा पुगेको उपमेयरका प्रत्यासी ढकालले बताईन् ।
उनले भनिन्,–‘साच्चै नेपालगन्जमा बिकासको काम गर्न अझ धेरै बाँकी रहेछ । नेपालगन्जवासी अझै मर्कामै परेका छन् । नेपालगन्जमा एमालेको सरकार बनाउन सके नेपालगन्जवासीको सुखद् भबिष्य र नेपालगन्ज सुन्दर र समृद्ध नेपालगन्जको सुरुवात गर्न सकिन्छ ।’
आफुहरुलाई जनताले जिताएमा अबको ५ बर्ष निरन्तर जनताको सेवा र नेपालगन्जका २३ वटै वडाको बिकासका निमित्त काम गर्ने प्रतिबद्वता जाहेर गरिन् ।
घरदैलो कार्यक्रमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । बिगतकाे निर्वाचनमा सम्माजनक मत ल्याएर पनि पराजित भएको दुबै उम्मेदवारले यसपटक सहानुभूति राख्ने मतदाताकाे आशा राखेका छन् ।