घरदैलो अभियानमा सक्रिय बामपंथी अगुवा


नेपालगञ्ज – नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१२ का उम्मेदवारले निरन्तर घरदैलो गरिरहेका छन् ।

वडाध्यक्षका उम्मेदवार हेमराज गौतम (हरि), सदस्यहरु इतादेवी अर्याल शर्मा, प्रदीपकुमार सापकोटा, प्रमात्माप्रसाद बर्मा र विन्दु विकको टोलीले केही दिनदेखि निरन्तर घरदैलो गरिरहेको हो । कोरियनपुरका चर्चित युवा हेमराज (हरि) ले पार्टीबाट टिकट मिल्ने वित्तिकै घरदैलो र भेटघाटलाई तिब्र पारेका हुन् ।

वडा अध्यक्ष उम्मेदवार हरिका बुवा रामबहादुर गौतम उमेरले ७० पुगे ।  पुराना कम्युनिष्ट नेता रामबहादुर चर्को गर्मीमा पनि छाेराकाे लागि मत मागिरहेका छन् । सादगिकाे परिचय बनाएका रामबहादुरले पुराना मतदाताकाे घरमा पुगेर छाेरालाई सहयोग गरिदिन अनुराेध गरेका छन् ।

छाेराका लागि मात्र होइन पार्टीका सबै उम्मेदवारलाई जिताउन आफू लागेको उनले बताए । निस्वार्थ भावले जनप्रतिनिधिले काम गर्नुपर्ने उनी बताउछन् । यस्तै बामपंथी अगुवा डम्बर सुवेदी समेत चुनावी अभियानमा उत्तिकै सक्रिय छन् । चुनावी कमाणडरकै रुपमा खटिएका छन् ।

प्रकाशित मितिः     १७ बैशाख २०७९, शनिबार १५:३९  |