सामाजिक सुरक्षा भत्ता वितरण सरलीकृत गराउछु – बिष्ट


नेपालगन्ज । नेपाली काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार बनेका प्रशान्त विष्टले नेपालगन्ज सामाजिक तथा धार्मिक सद्भावका दृष्टिकोणले नमुना शहर रहेको बताएका छन् ।

नेपाली काँग्रेस वडा नम्वर ४ ले  आयोजना गरेको मोटरसाइकल र्याली कार्यक्रमलाई सम्वोधन गर्दै उनले सामाजिक र धार्मिक सद्भावका रुपमा परिचित शहरलाई अझै व्यवस्थित र विकसित सहरकारुपमा अगाडि बढाइने उल्लेख गरे । आफू निर्वाचित भए सामाजिक सुरक्षा भत्तालाई थप व्यवस्थित र सरलीकृत गरिने पनि विश्वास दिलाए ।

अहिले पनि सामाजिक सुरक्षा भत्ताका लागि जेष्ठ नागरिक तथा अशक्तहरु घण्टौं बैंकको अगाडि लाइन लाग्नुपर्ने बाध्यता रहेको भन्दै उनले त्यसलाई अन्त्य गरिने बताए । नेपालगन्जलाई सम्बृद्ध सहरका रुपका विकास गर्न आफू प्रतिबद्ध रहेको भन्दै उहाँले युवा पुस्तालाई स्थानीय सरकारको नेतृत्वमा पुर्याउन सहयोगको अपिल समेत गरेका छन् ।

त्यस्तै वडा अध्यक्षका उम्मेदवार प्रदिप शाह ९तेली० ले आफू अध्यक्ष पदमा विजयी भए वडाको मुहार फेर्ने बताए । वडा नम्बर ४ लाई सुन्दरीकरणसहित आधुनिक रुपमा विकसित गर्ने उनले बताए । कार्यक्रममा नेपालगन्ज कांग्रेस नगर सह- सचिव शरद अधिकारी, महासमिति सदस्य माया पुन लगायत अन्य सदस्यका उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः     १८ बैशाख २०७९, आईतवार १८:१५  |