युवाका लागि मिश्रकाे याेजना-नयाँ व्यापार गर्न आडिया,पैसाको लागि बैंकसंग समन्वय गर्ने


युवा तथा खेलकूद
१. युवाहरूको शारीरिक तथा मानसिक विकासकालागि आवश्यक खेलकुद तथा मनोरञ्जनका साधनको व्यवस्था, अन्य पूर्वाधार निर्माण, सञ्चालन तथा व्यवस्थापन गरिनेछ ।
२. रोजगारीको अवसर सिर्जना गर्न लगानी–मैत्री वातावरण बनाइनेछ ।
३. र्स्टाट अप कल्चरलाई प्रोत्साहन गरिनेछ । स्थानीय युवा हरुलाई स्मार्ट सिटीको लागि चाहिने साफ्टवेयर,ईन्टरनेट अपफ् थिंग्स लगायतका सामाग्रीको निर्माणलाई प्रोत्साहित गरिनेछ ।
४. नया ब्यापार व्यवसाय सुरु गर्न चाहने युवाहरुलाई बिजनेश आइडिया सम्बन्धी सुरुवाती पुँजीको व्यवस्थाका लागि बैंक तथा अन्य वित्तिय संस्थासँग समन्वय गरिने छ।
५. छुवाछूत, छाउपडी, दाइजो,जातीय तथा लैब्गिक भेदभाव,अन्धविश्वास, कुसंस्कार जस्ता सामाजिक कुरीति हटाउँदै समाजको रूपान्तरणमा युवाहरूको भूमिका बढाइनेछ ।
६. युवाहरूको राजनीतिक संलग्नता र नेतृत्व क्षमता विकास गर्दै सामाजिक, आर्थिक र राजनीतिक माध्यमबाट स्थानीय विकास निर्माणमा युवा परिचालनलाई प्रोत्साहन गरिनेछ ।
७. विपद्, महामारी, विकास निर्माण कार्य, सरसपफइ तथा वातावरण संरक्षण र सामाजिक चेतना अभिवृद्धिमा युवाहरुलाई स्वयं सेवकको रुपमा परिचालन गरिनेछ ।

प्रकाशित मितिः     १८ बैशाख २०७९, आईतवार १८:३६  |