नेपालगन्ज – लेखक तथा बिश्लेषक नरेन्द्रजङ पिटरले नेपालगन्जका भावी मेयरका प्रत्यासीहरूले नेपालगन्जकाे अपेक्षालाई पूर्णसंवोधन गर्न उदासिनता रहेकाे बताउनुभयो । आइतवार नेपालगन्जमा आयोजित एउटा बहसमा सहभागि हुनुभएका पिटरकाे यस्ताे निष्कर्ष रह्याे ।
उहाँले उम्मेदवारले सवल मोडल र मार्गचित्र भावी नेतृत्वले प्रस्तुत गर्न नसकेकाे औंल्याउनु भयो ।
भन्नुभयाे- कुनै समय २४ जिल्लाको नेतृत्व पुरानो सहर नेपालगनज (२०१६को नगरपालिका) क्रमशः खस्कदो छ । आधुनिक सहर बनाउने योजना प्रस्तुत भएनन । शिक्षा र स्वास्थ,कृषिलाइ स्वायत्तता उपयोग गरेर सार्वजनिक वा सामूहिकतामा केजरीवाल मोडल पनि प्रस्तुत गर्न सकिन्थ्यो ।
उहाँले विविधताले भरिएको देशमा हरेक नगरका भिन्नाभिन्नै विशेसता छन ,७ सय ५३ स्थानिय सरकारले माैलिक मार्गचित्र नराखेझै नेपालगन्जले पनि राख्न नसकेकाे बताउनुभयाे ।
उहाँकाे तर्क-
अधिकार र अर्थिक अवस्थाले मात्रै स्थानिय स्वायत्तताको अर्थ हुँदोरहनछ भन्ने कुरा संघियता अभ्यासमादेशैभरी देखा परे र पदको अकर्षण चैतर्फी रह्यो । नेपालगन्ज पनि अछुतो रहेन । ३ पार्टीका प्रत्यासीहरूले मैलिक धारणा, कार्यक्रम र मार्गचित्र फरक देखाँउन नसक्दा ३ वटै पार्टीमा मैलिकता फरक देखा परेन ।
सूविधाका राजनीतिका चित्र र चरित्र स्पष्ट देखापरे ।
सार्वजनिक वहस, मिडिया प्रस्तुतीमा नेतृत्वले कलामय,विषयको अध्ययन, संवाभित प्रश्नको तयारी गर्न थप अवस्यक देखियो ।
फ्लोरबाट पार्टीका हित अनसार र सुविधा अनुसारका प्रश्न अउन सक्ने अवस्था हुँदारहेछन,त्यसकालागी अयोजक र उत्तरदाता कलामय हुँनुपर्ने वा अयोजकले परिवेश नियन्त्रण गर्न होसियार हुँनुपर्ने देखियो ।
नेपालगन्ज सास्कृतिक, सामाजिक र धार्मिक अति संवेदनशील ठाँउ हो । कुनै पनि सामान्य अवस्था पनि असमान्य अवस्थामा फेरिनसक्ने झल्को अजै हलमा देखापर्यो । दुर्घटना बाजा बजाएर आउदैन ।