नेपालगन्ज – ठुलो परिणाममा सुन सहित बाँके खजुरा गा.पा.२ एल गाउँ सुबेदी चोकबाट एक जना युवक पक्राउ परेका छन् ।
प्रहरीको नाेट
२०७९/०१/१८ गते अ.१९:२० बजेको समयमा जिल्ला बाँके खजुरा गा.पा.२ एल गाउँ सुबेदी चोक स्थित ई.प्र.का. धनौली र प्रहरी चौकी राधापुर खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद तरिकाले हिडडुल गरी रहेको पछी नाम थर र वतन खुल्न आएका जिल्ला बझाङ जय पृथ्वी न.पा.वडा न.१ पिमी कैलाश बस्ने बर्ष २८ को अशोक बहादुर सिंह प्रहरी लाई देखी भाग्न खोग्दै गर्दा निजललाई पक्राउ गरि चेकजाच गर्ने क्रममा निजले साथमा बोकेको कालो रङगको झोला भित्र खान तलासी गर्दा सुन जस्तो देखिने पहेलो पदार्थले बनेको हार,मंगल सुत्र,वाला,दाना,झुम्की,रामलिला,झाला,ब्रासलेट,कानपासा,औठी,टप,फुली,टुक्राहरु पथ्थर र माला सहित बिभिन्न प्रकारका सुनाका गहना तौल गर्दा ८०२ ग्राम ७३ मिलि ग्राम अन्दाजी मुल्य रु ६२ लाख बराबरको गर गहना फेला पारी रित पुर्बक बरामद गरी आवश्यक अनुसन्धान अघि बढाईएको ।
अनुसन्धानबाट खुल्न आएका कुराहरु:-
मिति २०७९।०१।०४ गते तद् अनुसार २०२२।०५। २२ तारिखमा भारतको ब्याङ्लोर स्थित सुन पसलबाट चोरी गरेको भनि प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हुँदा भारतिय प्रहरी संग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको ।
अनुसन्धानमा प्रभाव पर्ने भएको र अन्य संलग्न ब्यक्ती पक्राउ नपरेको हुँदा मालसमान धनिहरुको नाम गोप्य राखीएको ।