नेपालगन्जमा विद्युतकाे समस्या समाधान गर्न संघकाे अल्टिमेटम


नेपालगन्ज-नेपालगन्ज उद्योग वाणिज्य संघकाे अगुवाइमा नेपालगन्जकाे विद्युत समस्याका बारेमा बिहिवार ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी,महासचिव चिरञ्जीवी ओली सहितकाे टाेलिले जथाभावी विद्युत काट्ने समस्या तत्काल अन्त्य गर्न माग गरिएको छ ।

विद्युतकाे समस्याले सर्बसाधारण समस्यामा परेकाे उद्योग,कलकारखाना ठप्प रहेकाले यस्ताे समस्या अन्त्य हुनुपर्नेमा जाेड दिएको छ । महासचिव ओलीले
विद्युतकाे समस्या समाधान गर्न अल्टिमेटम दिएको बताए ।

प्रकाशित मितिः     ५ जेष्ठ २०७९, बिहीबार १७:४२  |