सांग्रिला बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपका होटल तथा रेष्टुराँमा २०% सम्म छुट


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुपका होटल,रेष्टुराँ र क्याफेमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

शुक्रबार भएको सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तरगत देश भरी छरिएका विभिन्न होटल, रेष्टुराँ तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौेतामा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र हस्पिट्यालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मितिः     ६ जेष्ठ २०७९, शुक्रबार १८:११  |