शिक्षकलाई वडा अध्यक्ष डाँगीकाे निर्देशन – पढाइको गुणस्तरमा लापरबाही नगर्नुहोला


सुर्खेत – गुर्भाकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राम डाङ्गीले आफ्नो वडा अन्तरगतका स्कुलहरुलाई पढाइको गुणस्तरमा सम्झौता नगर्न निर्देश दिएका छन् ।

शिक्षकहरुलाई अध्यक्ष डाङ्गीले यस्ताे निर्देश दिएका हुन । उनले बिद्यार्थीको भविष्य निर्माणको आधार स्कुलनै भएकाले पढाउने कार्यमा लापरबाही नगर्न निर्देश दिए । त्यसाे गरिएको पाइए कारवाहि हुने उनले चेतावनीसमेत दिए ।

उनी नेतृत्वकाे टाेलिले केही दिन अघि मालिका आधारभूत बिद्यालय कोटमाझखर्क र शहरी स्वास्थ्य केन्द्र कोटको अनुगमन निरिक्षण गरेकाे थियाे ।

प्रकाशित मितिः     २८ जेष्ठ २०७९, शनिबार ०६:५३  |