नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिका–४ को न्यूरोड लगायतका केही ठाउँमा खुलेआम हुँदै आएको बेश्याबृत्ति रोक्न वडा अध्यक्ष गोपाल पुन सक्रिय भएका छन् ।
यी कारणले न्यूरोड जस्तो हाइप्रोफाइल ठाउँ बद्नाम भएको थियो भने बेश्यबृत्ति बाहेक युवायुवतीहरुको गलत गतिनिधि समाजका लागि टाउको दुखाईको बिषय बन्दै आएको थियो ।
प्रहरी प्रशासनले समेत त्यस्ता गतिविधि नियन्त्रण गर्न नसकेका बेला भर्खरै निर्वाचित वडा अध्यक्ष पुनले कम्मर कसेका छन् । उनले प्रहरी र आमनागरिकको साथ लिएर यस्तो गतिविधि नियन्त्रण गर्न प्रयास गरिरहेका छन् ।
अध्यक्ष पुनले हाम्रो र राम्रो न्यूरोड बनाउनका लागि यस्तो पहलकदमी लिएको बताए । उनको कामलाई सबैले साथ दिएका छन् । सबैबाट वडा अध्यक्ष पुनले स्यावासी पाएका छन् ।