बागेश्वरी परिसरमा बाल पार्कको निर्माण सुरु


नेपालगञ्ज, साउन २२ । बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा बाल पार्क (चिल्ड्रेन पार्क)को निर्माण सुरु भएको छ ।

करिब ६ करोड रुपियाँ लागत अनुमान रहेको सो वाल पार्कको आईतबार नेपालगञ्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभयो ।

यहि पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपियाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको छ । भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले समयभित्रै गुणस्तरयुक्त काम गर्ने निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।

करिब ५.५ कट्ठा जग्गामा पहिलो चरणमा रेष्टुरेन्ट,पार्किङ, फुटपाथ, सटर सहित बालपार्कका लागि आधारभुत काम हुनेछ ।

डिपिआर अनुसार आधुनिक संरचना सहितको वाल पार्क र दुईतल्ले रेष्टुरेन्ट निर्माण गरिनेछ । यसको निर्माण सम्पन्न भएपछि बागेश्वरी मन्दिरको सौन्दर्यकरणमा समेत सहयोग पुग्नेछ ।

पहिलो चरणको निर्माण सम्पन्न भएपछि दोश्रो चरणको निर्माण कार्य अघि बढाइने प्राविधिक शाखा प्रमुख भुपेन्द्र बोहराले जानकारी दिनुभयो ।

प्रकाशित मितिः     २२ श्रावण २०७९, आईतवार १५:२३  |