नेपालगन्ज–कोहलपुर सडकमा गुड्ने गाडीलाई छैन नियम ?


नेपालगन्ज २३ साउन – ट्राफिक प्रहरीले आँखा चिम्लिदा नेपालगन्ज –कोहलपुर सडकखण्डमा गुड्ने माइक्रो बस र म्याजिक भ्यानको मनपरी बढेको छ ।

यि सवारी साधनले सडककोबीच मै यात्रुलाई जोखिमपूर्ण तरिकाले बसाउने र ओराल्ने गरिरहेका छन् ।

तस्वीरमा हेर्नुहोस् यो माइक्रो बस सडक लेनको कुन ठाउँमा रोकिएर यात्रु बसाल्दै छ ?

यसरी मनपरी तरिकाले सवारी चलाउन सडक दुर्घटना बढेका छन् । कतिको ज्यान नै गएको छ । सबैभन्दा ब्यस्त मानिने नगरमै चल्ने सवारीसधानको गतिविधि देखेर सर्वसधारण वाक्कदिक्क छन् ।

तर सरोकारवाला ट्राफिक प्रहरीले भने त्यस्ता सवारीसाधनलाई नियमन रोक्न चासो राख्दैन ।

‘अन्य सवारीसाधनलाई ओभरट्याक गरेर जहाँ मन लाग्यो त्यही रोक्छन्’– धम्वोझीमा भेटिएका एक जना सर्वसाधारणले अराजक र उदण्ड बन्दै गएका माईक्रो बस र म्याजिक भ्यानका सवारीचालक प्रति आक्रोस व्यक्त गर्दै भने,–‘हामीलाई उछिट्याएर सडक किनारमा फाल्लान् झै गर्छन ।’

प्रहरीले बिभिन्न ठाउँमा यात्रु बसाल्ने र ओराल्ने साइनबोर्ड सहितको ठाउँहरु नबनाएको होइन । शुरुमा कार्यान्वयन गर्न तदारुपता देखाएको प्रहरीले अहिले भने वास्तै गर्न छाडेको छ ।

प्रहरीका लागि मात्र नियम मान्नुपर्छ भनेझैं गर्ने बस चालकहरुलाई पनि प्रहरीले वास्ता गर्न छाडेपछि हाइसन्चो भएको छ । अब भने कडाईका साथ उक्त नियमन कार्यान्वयन गर्नुपर्ने सबैको माग छ ।

 

प्रकाशित मितिः     २३ श्रावण २०७९, सोमबार १४:२१  |