नेपालगन्ज – नेपालगन्जमा सबैभन्दा महँगो जग्गाकाे न्युनतम मुल्यांकन नै रु ८६ लाख ६५ हजार कायम गरिएको छ ।
भुमिसुधार तथा मालपाेत कार्यालय बाँकेले चालू आवका लागि लागू हुने गरि न्युनतम मुल्यांकन गरेकाे हाे । उक्त मुल्यांकन अनुसार क बर्गमा रहेकाे जग्गाकाे न्युनतम मूल्य कठ्ठाकाे रु ८६ लाख ६५ हजार ताेकिएको छ ।
क बर्गकाे जग्गा हेर्नुस् –
न्युनतम मूल्य यस्ताे ताेकिएपनि चलनचल्तीमा भने उक्तक्षेत्रमा कठ्ठाकाे दस कराेडसम्ममा बिक्री हुने गरेको छ । बिपिचाेकदेखि कारकादाेसम्म जग्गा अभावका कारण बेचबिखन नै कम हुन्छ । त्यहा दस कराेड प्रती कठ्ठासम्ममा पनि जग्गा पाउन मुस्किल रहेकाे जानकारहरु बताउँछन् । यहि ठाउँकाे अन्य जग्गा भने रु ५ कराेडसम्ममा बिक्रि हुने गरेको छ ।