नेपालगन्ज – तीजकाे अवसर पारेर नेपालगन्जमा पहिलाे पटक गृहिणी लक्षित मिसेज नेपालगन्ज हुने भएको छ । त्यससँगै नृत्य प्रतियोगिता, फेसन शाेकाे लागि भाेलिबाट अडिसन गर्न लागिएको छ ।
अवध मिडिया ग्रुप प्रालि द्धारा सन्चालित जी नेपाल फोरके टेलिभिजनले रु ५१ हजार पुस्कार राशिको उक्त नृत्य प्रतियोगितासंगै फेसन शाे र मिसेज नेपालगन्ज आयोजना गर्न लागेको हो ।
उक्त प्रतियोगितामा गृहिणी महिलाहरुले मात्र भाग लिन पाउने टेलिभिजन सन्चालन आशिष गुप्ताले जानकारी दिए । घरको काममा मात्र सधै ब्यस्त रहने गृहिणी महिलाहरुलाई लक्षित गरि आयोजना गरिएको प्रतियोगिताको अडिसन सिद्धार्थ कटेज नेपालगन्ज , मेरो प्लानेट नेपालगन्ज ,खजुरा मिनि पार्क र कोहलपुरको सेन्टर प्लाजामा हुने गुप्ताले जानकारी दिए ।
उनका अनुसार यो प्रतियोगितामा नृत्य र फेसन सगै मिसेज नेपालगन्ज बिधाका फस्ट रनरअपले ५१ हजार , सेकेन्ड रनरअपले ३१ हजार , थर्ड रनरअपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् । नृत्य र सम्बन्धि यो सबैभन्दा ठुलो राशी पुरस्कारको प्रतियोगिता भएको समेत उनले दाबी गरे ।