राजश्व अनुसन्धानसंगकाे बिवादले चाडपर्वकाे मुखमा नेपालगन्जकाे व्यवसायिकक्षेत्रमा आतंक


नेपालगन्ज -नेपालगन्जका कपडा व्यवसायीकाे आरोप छ,- राजश्व अनुसन्धान कार्यालय काेहलपुरका कर्मचारीले ‘हप्ता असुली’ काे आतंक मच्चाए ।

याे आरोपलाई भने कर्मचारीले अस्विकार गर्दै आएका छन् । तर धेरै व्यवसायीले बाध्यताका नाममा हप्ता दिएको कुरा गाेप्यरुपमा स्विकारे पनि सार्बजनिक हुन चाहादैनन् । राजश्व कर्मचारीले ब्यापारीका सानातिना कमजोरी पत्ता लगाएर पैसा असुल्ने गरेकाे बिषयमा निष्पक्ष छानविन गर्ने हो भने यथार्थ पत्ता लाग्ला ।

 

हप्ता असुली गर्न नपाएपछि घरवारीटाेलकाे एउटा कपडा पसलमा छापामार्न जानेक्रममा भएको बिवादले यतिबेला राजश्व अनुसन्धानका कर्मचारी र व्यवसायीबिच चर्को बिवाद भएको छ ।

राजश्वकाे कर्मचारीलाई अभद्र व्यवहार गरेकाे आरोपमा पन्थीलाई छापा मार्ने क्रममा दुरव्यहार गरेको भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघका प्रवक्ता टंकसिंह धामी लगायतका आधा दर्जन व्यवसायीबिरुद्ध जाहेरी दर्ता भएको छ । धामी प्रहरी नियन्त्रणमा छन् ।

राजश्व अनुसन्धान कार्यालयका सुब्बा बाबुराम पन्थीलाई छापा मार्ने क्रममा दुरव्यहार गरेको भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघका प्रवक्ता टंकसिंह धामी लगायतका आधा दर्जन व्यवसायीबिरुद्ध जाहेरी दर्ता भएको छ । जसका कारण कर्मचारी र व्यवसायी बीच उत्पन्न विवाद उत्कर्षमा पुगेको छ ।

राजस्व अनुसन्धानका कर्मचारीले अनुसन्धानका नाममा अनुचित असुली गर्दै व्यवसायीहरुलाई दुःख दिएको भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघले आन्दोलनको चेतावनी दिएको छ ।

राजश्व अनुसन्धान कार्यालय कोहलपुरका नायब सुब्बा सहितका कर्मचारी घरबारीटोल स्थित एउटा पसलमा छापा मार्न गएका बेला धामी सहितका व्यापारीले ज्यान मार्ने उदेश्यले आक्रमण गरेको आरोप उजुरीमा लगाइएको छ । तर धामीले आरोप खारेज गरेका छन् ।

तीन लाख घुस मागेकाे बिषयमा व्यवसायीकाे भिडले आक्रमण गर्न लागेपछि आफुले जाेगाउने क्रममा बनाइएको भिडियाेलाई गलत अर्थ लगाइएको बताए । याे विवादका कारण व्यवसायिकक्षेत्रमा तनावमा छ ।

प्रकाशित मितिः     २ भाद्र २०७९, बिहीबार ०८:२१  |