बागेश्वरी मन्दिरक्षेत्रमा प्रस्तावित व्यवसायीक भवन निर्माण राेक्न अल्पकालीन अन्तरिम आदेश


नेपालगन्ज  –  उच्च अदालत तुलसीपुर  नेपालगन्ज इजलासले बागेश्वरी मन्दिरको पुर्ब खाली जग्गामा तत्काल रेष्टुरेन्ट सहितकाे व्यवसायीक भवन निर्माणमा राेक लगाएको छ ।

निर्माण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुसोत्तम उपाध्यायको इजलासले उक्त आदेश दिएको हो । अदालतले भदौ १५ गते नेपालगन्ज उपमहानगरपालिकालाई छ्लफलका लागि बोलएको छ । उपमहानगरले चिल्ड्रेन पार्क निर्माणका नाममा व्यावसायिक भवन निर्माणका लागि शिलान्यास गरेपछी नेपालगन्जका अगुवा र अधिवक्ताहरुले रिट दर्ता गरेका थिए ।

प्रकाशित मितिः     ६ भाद्र २०७९, सोमबार १६:५९  |