बाँके जग्गा तथा आवास विकास संघको अध्यक्षमा पाेखरेल,महासचिवमा जोशी


नेपालगन्ज –  बाँके जग्गा तथा आवास विकास संघको अध्यक्षमा इश्वर प्रसाद पोखरेल निर्वाचित भएका छन् । शनिबार भएको बाँकेका जग्गा तथा आवास विकास क्षेत्रमा क्रियाशिल व्यवसायीहरुको प्रथम साधारण भेलाले पोखरेलको अध्यक्षतमा सर्वसम्मत तदर्थ कार्यसमिति निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा बसन्त हमाल, महासचिव महेश्वर जोशी, सचिव मनोज पौडेल, कोषाध्यक्ष ऋषिराम उपाध्याय निर्वाचित भएका छन् । सदस्यहरुमा तरुण गौतम, मदन चौधरी, सुरेन्द्र कुमार श्रेष्ठ, सोनिका सिग्देल, पुनम पौडेल, बसन्ती रोकाया लगायत छन् । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नवनिर्वाचितहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

संघको सल्लाहकारमा चिरञ्जीवि ओली र तेज प्रसाद रेग्मीलाई बैठकले चयन गरेको महासचिव महेश्वर जोशीले जानकारी दिए । बैठकले वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठलाई कानुनी सल्लाहकार र इन्जिनियर सुरज शर्मालाई प्राविधिक सल्लाहकार चयन गरेको जोशीले बताए ।

 

प्रकाशित मितिः     १२ भाद्र २०७९, आईतवार ०८:४१  |