तीन महिनासम्म पनि कार्यान्वयन हुन नसकेकाे मेयरकाे पहिलाे निर्णय


नेपालगन्जकाे एक बैंकमा भत्ता लिन जम्मा भएका ज्येष्ठ नागरिक ।

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले कार्यभार सम्हालेकै दिन गरेका पाँच निर्णयमा एउटा थियोे – सामाजिक सुरक्षा भत्ता वडाकाे समन्वयमा वडा तहबाट नै बितरण गर्ने ।

उक्त निर्णय भएको तीन महिना बित्याे तर अझै कार्यान्वयन भएको छैन । साे निर्णय कार्यान्वयन नहुदा अहिले पनि जेष्ठ नागरिकहरु कष्ट सहेर र दिनभर लाइन लागेर सरकारले दिएको भत्ता लिन बाध्य छन् । चिसाे मौसममा समेत अहिलेकाे जस्तै नियती दोहोरिने उनिहरुमा चिन्ता छ ।

पहिलाे निर्णय

मेयर प्रशान्त बिष्टले समस्या समाधानका लागि पहल नगरेकाे होइनन् । तर बैंक तथा बित्तीय सस्थाले रकम दुरुयाेग हुने खतरा र कर्मचारीको अभाव देखाउदै वडा तहबाट भत्ता बितरण गर्न आनाकानी गरिरहेका छन् ।

समस्या समाधानका लागि बैंकहरुसङ्को बैठकमा मेयर,उपमेयर लगायत !

वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता सहज वितरणका लागि बैंक तथा बित्तिय सस्थाका प्रतिनिधि संग मेयर बिष्टले छलफल गरेका छन् । उक्त छलफलपछि केही बैंकसङ समन्वय गरेर वडातहमा भत्ता दिने बिषय अगाडि बढेकाे उपमहानगरले जनाएको छ ।

प्रकाशित मितिः     १७ भाद्र २०७९, शुक्रबार ०७:५८  |