नेपालगन्ज- एमाले निकट व्यवसायीहरुले मङ्सिर ४ गते हुने निर्वाचनमा कृष्णप्रसाद श्रेष्ठलाई संघ वा प्रदेश सांसद मध्ये कुनैमा पनि पदमा उम्मेदवार बनाउन माग गरेका छन् ।
पार्टी अध्यक्ष किस्मत कक्षपतिलाई भेटेर उम्मेदवारी सिफारिस गरिदिन अनुरोध गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ जिल्ला कार्यसमिति बाँकेका सचिव भिम रानाभाटले बताए ।
बिस्तारित सचिवालय बैठकले आन्तरिक रुपमा संगठन सुदृढीकरण गर्ने निर्णय गरेको छ । संघ र प्रदेशको निर्वाचनमा संगठनलाई परिचालन गर्ने र नेकपा एमालेको उम्मेदवारलाई जिताउन बनाउन अग परिचालित हुने निर्णय गरिएको छ ।
बैठकले श्रेष्ठलाई हुदै क्षेत्र न. २ मा नेकपा एमालेको उम्मेदवार दिलाउन माग गरेकाे हाे । नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्ब अध्यक्ष, महासंघका पुर्ब केन्द्रीय सदस्य भइसकेका श्रेष्ठ समाज, पर्यटन प्रवदन मन्च , भेरि अस्पताल बिकास समिति लगायत समाजको अग्रपंक्तिमा खटेर काम गर्दै आएका छन् ।