पाँचवटा पार्टीले गठबन्धन गरेपछि एउटा परिस्थिती सिर्जना भएको छ । त्यो परिस्थिती सामना गर्ने क्रममा हामी पनि अगाडी बढेका छौं ।
नेकपा एमालेलाई पनि बाध्यता छ । एकातिर पाँच जना पहलमान उभिएका छन, म एक्लै फाइट गर्छु भन्न पनि गाह्े हुन्छ । मैले त स्थानीय तहको निर्वाचनमा पनि मिलेर जाउँ भनेर एमालेलाई त्यो बेलन पनि भनेकै थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मिलेर जाउँ भनेको थिए, तर भएन ।
त्यसको नतिजा देखिहाल्नुभयो त्यसमा नजाउँ । तर अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र हाम्रो गठबन्धन हुने धेरै सम्भावना छ । करिब करिब मिलिसकेको पनि छ।
जहाँ हामी मजबुत छौं त्यहाँँ एमालेले सहयोग गरोस् । जहाँ हाम्रो भोटले एमालेले जित्न सक्ने सम्भावना छ त्यहाँ हामीले हाम्रो भोट दिन्छौं । त्यस्तो खालको सम्झौता लगभग भएको छ ।
देशभर कुनै पनि ठाउँमा हामीले नछोड्ने । गएको निर्वाचनमा ठुलो भुल गरेका थियौं हामीले । देशभर पाँचवटा लिएर भुल गरेका थियौं । अब जहाँ हामीले एमालेलाई सहयोग गर्दा एमालेले जित्छ त्यहाँ सहयोग गर्ने र जहाँ एमालेले हामीलाई सहयोग गर्दा हामीले जित्ने अवस्था छ भने त्यहाँ एमालेले सहयोग गर्ने क्षेत्रका बिषयमा कुराकानी भएको छ ।
केन्द्रस्तरबाट मात्र गठबन्धन भएर मात्र हुँदैन । तल्लोस्तरबाट पनि हुनुपर्यो । माथि गर्ने तर तलकाले मानेनन् भने त्यसको अर्थ हुँदैन । सकभर तलबाटै सहमति हुनुपर्छ । त्यसरी पनि गछौं ।
एमाले र हाम्रो बिचार मिल्ने कुरा नै भएन । उहाँहरु गणतन्त्र मान्ने बामपन्थी बिचारको र हामी राजा सहितको हिन्दु राज्यको । तर यो गठबन्धन भ्रष्ट सरकारलाई बिस्थापित गरी देशमा सुशासन ल्याउने गठबन्धन हो । गठबन्धन गर्दा दुवै दलले आफ्नो मुल्यमान्यतामा सम्झौता गर्ने होइन । पाँचतिर फर्किएकाले त गठबन्धन गरेका छन् भने हामीले किन नगर्ने ?
( हिमालयन टिभिबाट साभार)