अध्यक्ष र सदस्यले अनियमितता गरेपछि यसरी समस्याग्रस्त बन्यो दाङको सुपर लघुवित्त


नेपालगन्ज – नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेको छ। केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणपछि समस्याग्रस्त घोषणा गरेको हो।

विभागका अनुसार लघुवित्तको सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुले प्रत्यक्ष संलग्न भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋण खडा गरी कर्जा प्रवाह भएको देखिएको छ।

त्यस्तै प्राथमिक पुँजी कोष अनुपात १०।३१ प्रतिशतले ऋणात्मक भएकोले संस्थालाई ०७८ चैत २ मा बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड ९क०, ९ख० र ९ग० बमोजिमको कारबाही गरी उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कारण भए स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको थियो।

संस्थाले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ ख को क, ख, घ, च तथा ञको अवस्था विद्यमान देखिएकोले उक्त संस्थालाई राष्ट्र बैंक ऐनको ८६ ख बमोजिम समस्याग्रस्त वित्तीय संस्था घोषणा गरिएको विभागले जनाएको छ।

प्रकाशित मितिः     २२ भाद्र २०७९, बुधबार १७:५१  |