नेपालगन्जमा अनियमित विद्युत, गैरजिम्मेवार प्राधिकरण


नेपालगन्ज – नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र्को गैरजिम्मेवारीका कारण यहाँ का सेवाग्राहीले अघोषित लाेडसेडिङ जस्ताे अवस्था झेल्नुपरेको छ ।

अनियमित विद्युतका कारण सर्बसाधारणले कष्ट सहनुपरेको छ । तर प्राधिकरणलाई सेवालाई प्रभावकारी र नियमित बनाउन कुनै चासो छैन ।

बिहिवार राति ११ बजेदेखि शुक्रबार बिहान ३ बजेसम्म नेपालगन्ज काेरियनपुरकाे आधा भागमा बिजुली थिएन । संगै रहेकाे छिमेकमा बिजुली हुँदा अर्को फिडरबाट बिजुली जाेडेकाे अर्को घरमा रातभर अन्धकार र गर्मी छट्पटी थियाे । याे ठाउँ पहिलो पटक यस्ताे भएको होइन । एक महिनायता नियाेजितरुप साेहि ठाउँ बिजुली काट्ने गरेकाे आशका स्थानीयले महसुस गरेका छन् । एक स्थानीय भन्छन्- पहिला दुबै ठाउँमा बिजुली जान्थ्यो । अहिले हाम्रोमा मात्र जान्छ । केही गडबडी पक्कै छ ।

सिस्टम फेल भन्दै प्राधिकरणले बिजुली सेवा अनियमित भएको दाबी गर्दै आएको छ ।

यसरी बिजुली अनियमित हुँदा प्राधिकरणले कुनै कारण वा सुचना जारी गर्दैन । उसको टेलिफोनमा कुनै हालतमा उठ्दैन । महसुल उठाउन र जरिवाना तिराउन कम्मर कसेर लाग्ने प्राधिकरणले सेवा सुधारमा भने फिटिक्कै ध्यान दिएको छैन ।

नेपालगन्जमा केही बर्ष अघिसम्म अघोषित लाेडसेडिङ थियो । तर पछिल्ला बर्षमा त्याे अन्त्य भयाे । अहिले फेरि प्राधिकरणकाे गैजिम्मेवारीले त्यस्तै अबस्था सृजना गरेकाे सेवाग्राहि बताउछन् । यस्ताे कार्य रोक्न माथिल्लो निकायले नेपालगन्जस्थित वितरण केन्द्रमा हस्तक्षेप गरेर सेवा सुधार गर्नुपर्ने आवाज उठेकाे छ ।

प्रकाशित मितिः     २४ भाद्र २०७९, शुक्रबार ०६:५८  |