नेपालगन्ज – बाँके जिल्लाका निर्वाचनक्षेत्रमा सत्ता गठबन्धनले सिट बाँडफाँट टुङ्गो गरेको समाचार बुधवार प्रकाशित भयो ।
समाचार अनुसार,क्षेत्र न. १ माओवादी,२ जसपा र ३ कांग्रेसको भाग परेको छ । यो निर्णय भएको हो होइन आधिकारिक नहुदै बाँडफाँट गरिएको भनिएको सिटमा उम्मेदवारी समेत फिक्स भन्दै समाजिक सन्जालमा हल्ला चलाइएको छ ।
माओवादीबाट बहालवाला मन्त्री महेश्वरजङ्ग गहतराज अथक,जसपाबाट बहालवाला मन्त्री मोहमद इस्तियाक राई र कांग्रेसबाट केन्द्रीय सह-महामन्त्री किशोरसिह राठोरको नाममा हल्ला चलाइएको छ । यो हल्ला बास्तबिकता नजिक भए पनि निर्णय नै नभएको हुँदा उनिहरुले नै टिकट पाउने नपाउने निश्चित छैन ।
तर टिकट निश्चित नहुदै कांग्रेस उम्मेदवार भनेर हल्ला चलाइएका राठोरलाई टुरिष्ट उम्मेदवारको बात लागेको छ । राठोर बर्दियाका हुन र उनी त्यहिबाट निर्वाचन लड्दै आएका थिए । लामो समय राजनीतिमा सक्रिय र केन्द्रीय राजनितीमा पहुँच भए पनि स्थानीय नेता कार्यकर्ताप्रति गर्ने रुखो ब्यवहारका कारण आलोचित छन् ।
त्यहि व्यवहारका कारण मतदाता भड्किएको र आन्तरिक बिवाद समेत रहेकाले राठोरले सुरक्षित ठाउँ खोज्दै बाँके आएको आरोप लाग्न थालेको छ । उक्त क्षेत्रका पुराना नेता कार्यकर्तालाई पन्छाएर टिकट खोसेको र टुरिष्ट उम्मेदवारको बात लागेका कारण चुनावमा उनलाई मुस्किल पर्ने खतरा पनि छ उत्तिकै छ।
खजुराका स्थानिय समेत रहेका पत्रकार शरण कर्मचार्य सामाजिक सन्जालमा लेख्छन्- बाँके -३ मा कांग्रेसले टुरिष्ट उम्मेदवार उठाए गठबन्धनलाई चुनाव जित्न सहज हुनेछैन ।
कांग्रेसकाे राजनीतिमा सक्रिय ऋचा लुइटेल राठाेरकाे बचाउ गर्दै भन्छिन- देशको नेताप्रती यस्तो टिप्पणी किन गरिन्छ होला ? जस्को पुरै जीवन राजनीतिमा बित्यो जस्को ६० बर्ष देखि बाँकेमै बसोबास छ।
परिणाम मसिर ४ पछि थाहा हुने भए पनि राठाेरलाई गठबन्धनको भर भने छ । राठाेरले चुनाव नजिकिदै गर्दा उक्त क्षेत्रमा आफ्नो गतिविधि बढाएका छन् । विभिन्न कार्यक्रममा आफ्नो घर यहीँको भएको बताउदै कार्यकर्तालाई सम्झाउन थालेका छन् ।