बाँके – चोरीपैठारी नियन्त्रण गर्न नेपालगन्जदेखि जमुनाह नाकाको पाँच किलोमिटर भित्र आधा दर्जन सुरक्षाकर्मीको चेकजाँच हुन्छ । त्यही आधा दर्जन चेकपोष्ट छलेर कोहलपुर पुर्याएको पाँच कुईण्टल चिनी मंगलवार कोहलपुरका व्यवसायीहरुले नै समातेर राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा अनुसन्धानका लागि बुझाएका छन् ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पौडेलका अनुसार, बिहान नेपालगन्ज–कोहलपुर चल्ने बसबाट तीन जनाले चिनीका बोरा झारेका थिए । सडकमा राखिएको अवस्थामा चिनीका बोरो देखेपछि ल्याउने भागे भने व्यवसायीले चिनी राजश्व अनुसन्धानको जिम्मा लगाए । एक हप्ता अघि पनि ठूलो परिणाममा त्यसरी नै चिनी बरामद गरिएको थियो । मंगलवार ल्याउने र एकहप्ता अघि ल्याउने एउटै समूह भएको व्यवसायीहरु बताउँछन् ।
‘यसरी अवैधरुपमा भित्रिने चिनी लगायतका सामानका कारण स्वदेशी उत्पादन र बजार ध्वस्त हुने अवस्था आइसक्यो ।’– अध्यक्ष पौडेलले भने,–‘अन्तिम बिकल्पकारुपमा व्यवसायी आफै यसरी अग्रसर हुनुपर्ने भयो ।’ नेपालमा उत्पादनको भएको चिनीको मूल्य धेरै छ । तस्करहरुले न्यूनतम मुल्यमा पसल–पसलसम्म पुर्याइदिने गरेको पाइएको छ ।
े – चोरीपैठारी नियन्त्रण गर्न नेपालगन्जदेखि जमुनाह नाकाको पाँच किलोमिटर भित्र आधा दर्जन सुरक्षाकर्मीको चेकजाँच हुन्छ । त्यही आधा दर्जन चेकपोष्ट छलेर कोहलपुर पुर्याएको पाँच कुईण्टल चिनी मंगलवार कोहलपुरका व्यवसायीहरुले नै समातेर राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा अनुसन्धानका लागि बुझाएका छन् ।