ब्याजदरमा जथाभावी नगर्न एमाले निकट व्यवसायीकाे चेतावनी


नेपालगन्ज – नेपाल उद्योग तथा व्यवसायी महासङ बाँकेले बैंक तथा बित्तीय निकायलाई जथाभावी ब्याजदर नबढाउन चेतावनी दिएको छ ।

बुधबार नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखामा निर्देशक निभा श्रेष्ठलाई ज्ञापनपत्र बुझाउदै ब्याजदर नियमनकाे माग गरिएको सचिव भिम रानाभाटले बताए ।

बित्तिय क्षेत्रमा देखिएको तरलता अभाव र त्यसको समाधान को बहानामा बित्तिय क्षेत्रले गरिरहेको अस्वाभाविक ब्याजदर बृद्धिले आम व्यवसायीहरु ब्यवसाय बन्द गर्ने र पसलकाे साचो राज्यलाई बुझाउन बाध्य हुने अबस्था आएको उनले बताए ।

प्रकाशित मितिः     ६ आश्विन २०७९, बिहीबार ०६:४६  |