नेपालगन्ज : ‘सन नेपाल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड’ को ५ओैं वार्षिकाेत्सवको अवसरमा नेपालगन्ज शाखाले वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख मोहम्मद कमरुद्दीन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए । जसमा २९ पुरुष र ४ जना महिला रहेको उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडका नेपालगन्ज शाखा प्रवन्धक कमल बहादुर शाहीले बताउनुभयो ।
उक्त रक्तदान कार्यक्रममा क्षेत्रिय रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, पत्रकार केपी घिमिरे, रक्त सञ्चारका प्राविधिक कर्मचारीहरु होम गिरी, सोम सापकोटा , महेश राना, कम्पनीका कोहलपुर शाखा प्रमुख, सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नेपालगन्ज, कोहलपुर, बासगढी, भुरीगाउँका कर्मचारीहरु, एजेन्सी म्यानेजरहरु, सक्रिय अभिकर्ताहरु , बास नेपालका सदस्यहरु लगायतको उपस्थिति रहेको थियोे ।
कम्पनीको पाँचाैं वार्षिकाेत्सवकाे पुर्व सन्ध्यामा (असाेज ४ र ५ गते) बाँके र बर्दियाका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत करिब ४०० विद्यार्थीहरुलाई “युवा बिधार्थीहरु सङ्ग सन नेपाल लाईफ” अभियान मार्फत बीमा सचेतना ,साक्षरता , शिक्षा कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गरेको प्रवन्धक शाहीले बताउनुभयो ।