बैंक तथा बित्तिय संस्थाहरुले असोज एक देखि लागु हुने गरि ब्याजदरमा गरेको बृद्धिले कर्जाको ब्याजदर आँकासिने हुँदा कोभिड महामारी र बित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत भएपछि नेपालगन्ज उद्योग वाणिज्य संघले चरणबद्ध दवावमुलक कार्यक्रम घोषणा गरेको हाे ।
संघले बिहिवार चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नु पर्ने अवस्था आएको छ भने उत्पादित सामानको मुल्य आँकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको छ । उद्योगी, व्यवसायीले एकातिर बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदरको मार खेपिरहेका छन् भने अर्कोतर्फ खुल्ला सीमानाको फाईदा उठाउँदै हुने गरेको अवैध व्यापारले बैध व्यापार गरिरहेकालाई झनै समस्यामा पारेको छ। उद्योग वाण्ज्यि संघ वैध व्यापारको पक्षपोषण गर्छ भने स्वदेशी अर्थतन्त्रलाई धरासायी बनाउने गरी हुने अवैध व्यापारको बिरोध गर्दै आएको अवस्था हाे ।
अवैध आयातसंगै सस्तोको लोभमा सीमापारी किनमेलका लागि जाने उपभोक्ताका कारण स्वदेशी बजार ठप्प हुने अवस्था छ भने राज्यलाई करोडौंको राजश्वको घाटा भइरहेको बताउँदै संघले नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य बिगत केही महिनादेखि पुरा हुन नसकी ३५ प्रतिशतको हाराहारीमा कमी आउनुले अवैध व्यापारले कुन हदसम्म समस्या सिर्जना गरेको छ भने प्रमाणित गरेको छ ।
अवैध आयात नियन्त्रण र स्वदेशमै किनमेलको वातावरण बनाउन सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको भन्दै संघले बैंकको चर्को ब्याजदर नियन्त्रण र खुल्ला सीमानाका कारण उत्पन्न समस्या समाधानका लागि सरोकारवाला निकायलाई गम्भीर ध्यानार्कषण गराउन नेपालगन्ज उद्योग वाणिज्य संघले निम्न अनुसार चरणबद्ध दवावमुलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।