नेपालगन्ज – बाँकेमा बीमा पीडित संघर्ष समिति गठन भएको छ । बीमा कम्पनीबाट लामो समयदेखी दाबी भुक्तानी नभएको , पोलिसी निरन्तर रोकिएर विभिन्न बीमा कम्पनीवाट ठगिएको भन्दै उनिहरुले काेहलपुरमा भेला गरेका थिए ।
भेलाले विभिन्न जिवन तथा निर्जिवन बीमा कम्पनीले ललाइ फकाइ बीमा गराउने गरेको र दाबी भुक्तानी माग्न जाँदा बिबिन्न बहाना गरि टार्ने, भुक्तानी पाउनु पर्ने सम्झौता बमोजिमको पैसा नदिने गरेको, समयमा भुक्तानी नगरी झुलाएर ब्याज सुबिधा नदिएको, कोभिड बीमा दाबी भुक्तानी नदिएर झुलाएको भन्दै उक्त बिषयलाई रोक्नैपर्ने निस्कर्षमा पुगी पिडितहरुको सघर्ष समिती गठन भएको छ ।
बीमा कम्पनीले गरेका ठगी तथा लापरबाहीले बिभिन्न ब्यक्तीलाइ निकै अप्ठ्यारो परिरहेको अवस्थामा लामो समयदेखी बीमा क्षेत्रमा भएका बेथितिहरु तथा समस्या उजागर गर्दै आएका उद्योगी एवम् समाजसेबी जिआर भुसालको नेतृत्वमा ५ सदस्यीय बीमा संघर्ष समिती गठन भएको छ जस्मा सदस्यहरु एमडि कडेल, दिपेन्द्र शाही, हरिहर भण्डारी र गंगा भण्डारी रहेका छन् ।
सघर्ष समितिले विभिन्न परामर्श तथा आन्दोलनका कार्यक्रम तय गरेको छ । जस अन्तगत जिल्ला भित्र बिमामा परेका समस्याहरुको वारेमा यही असोज ९ गते ११ बजे जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण बुझाउने, कम्पनीहरू भुक्तानी बक्यौता चाडो चुक्ता गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
समितीले यति गर्दा समेत सुनुवाइ नभएमा बीमा कम्पनीहरुमा ताला बन्दी तथा आम सर्वसाधारणलाई एक्षिक बीमा नगर्न आह्वान गर्ने र थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै जाने निर्णय गरेको छ ।
बीमामा ठगिएका नागरिकहरुलाई गोलबद्द भै न्यायीक आन्दोलनमा जोडिन दिन समेत समितिले आग्रह गरेको छ र सरोकारवाला समक्ष सहयोगको अपेक्षा समेत गरेको भुषालले बताए ।