नेपालगन्ज – चर्को बैकिङ ब्याज विरुद्ध चरणबद्ध आन्दोलनमा रहेका नेपालगन्जका उद्योग,व्यवसायीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर आफ्ना समस्या सुनाउने भएको छ ।
काम बिशेषले नेपालगन्जमा आएका र यतै रहेका अर्थमन्त्री शर्मालाई शनिवार बिहान ज्ञापनपत्र बुझाएर व्यवसायीका समस्या सुनाउन लागिएको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले बताए ।
संघले चर्को ब्याजदर विरुद्ध र अबैध आयात विरुद्ध आन्दोलन गर्दै आएको छ ।