- टिएस ठकुरी
नेपागन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्व एथ्लेटिक्सको सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको हो ।
बिहिवार राति मात्र एम्सको पत्र र प्रमाणपत्र प्राप्त भयो । वटा विधाको अलगअलग प्रमाणपत्र पाएका छौं ।’
एम्सले पठाएको चार वटा प्रमाणपत्रमा म्याराथन ४२.१९५ किलोमिटर, हाफ म्याराथन २१.०९७ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर दौडको रुट प्रमाणीकरण भएको हो । एम्सका कोर्ष म्यानेजर आमिर सान्डिवानले भदौ १२ गते सर्खेतरोड स्थित रुट मापन गरेर रिपोर्ट बझाएका थिए । वल्र्ड एथ्लेटिक्सका इन्टरनेसनल मेजरमेन्ट एडमिनिस्ट्रेटर डेभ कन्डीको हस्ताक्षरित प्रमाणपत्र प्राप्त भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकादेखि सुरु भइ जानकी गाउँपालिकाको केही भु-भाग हँदै कोहलपर नगरपालिकाको कार्यालय देखि करिब चार किलोमिटर उत्तरतर्फ बानियाभार पगेर पनः सोही रुट हँदै बीपी चोकमा पगेर सम्पन्न हनेगर्दछ । आठौं धारा नेपालगन्ज म्याराथन यही मंसिर २४ गते शनिवार हँदैछ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शनिवार हँदै आएको म्याराथन यसबर्ष आम निर्वाचनका कारण यसपटक मंसिर २४ गते हने भएको हो ।
क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको म्याराथनका लागि २०७९ असार १५ गते देखि खेलाडी दर्ता खला गरिएको छ । नेपालगन्ज म्याराथनको वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने आयोजकले जनाएको छ । गत बर्ष झैं यस बर्ष पनि बिभिन्न दश वटा विधामा स्पर्धा समावेश गरिएको छ ।
पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।
केही विधातर्फ नगद परस्कार राशीमा वृद्धि गरिनेछ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ । आठौं संस्करणमा कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भइरहेको छ ।
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सुत्रमा बाँधिएको सदभावको शहर हो । देशको संघीय संरचनामा नेपालगञ्ज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थलको मुख्य प्रवेश द्वार पनि हो । सामाजिक एकताको प्रतीक खेलकुद विधामार्फत शहरको चिनारी कायमै राख्न आठ बर्ष अघि नेपालगञ्ज म्याराथनले यात्रा प्रारम्भ गरेको थियो ।
विश्व मानचित्रमा लामो दौड अर्थात म्याराथनको अलग महत्व हुने गर्दछ । यसले स्वस्थ रहन सन्देश दिन्छ, बालकदेखि वृद्धसम्मलाई समेट्छ । साथै ठाउ“ बिशेषको पहिचान स्थापित गर्छ, बिभिन्न पेशा एवं व्यवसायका मानिस एकैपटक एक ठाउँमा जमघट गराउँछ । यसले सामाजिक एकताको सन्देश दिन्छ ।
एक हिसाबले म्याराथन एउटा उत्सव हो । उत्सव साझा हुनुपर्छ । नेपालगञ्ज म्याराथन त्यही उद्देश्यबाट प्रेरित छ । त्यसका लागि सबैको सहभागिता, साझेदारी, सहकार्य जरुरी छ । म्याराथनलाई यसपाली अझ भब्य र उत्सवमय बनाउन हामी लागि परेका छौं । विगतका सहयात्रीहरु हामीसँग जोडिरहनु भएको छ ।
यसपाली हामीले अर्को खुशीको कुरा सुनाउन चाहन्छौं । विश्वका शीर्ष म्याराथनको प्रवद्र्धकको कार्य गर्दै आएको वल्र्ड्स म्याराथन्सले सुचिकृत गरी धारा नेपालगन्ज म्याराथनको अन्तर्राष्ट्रिय ब्रान्डिङमा मद्दत गरेको छ । यसले गर्दा यस बर्ष बिभिन्न देशका प्रतिष्ठित धावकहरुको सहभागिता रहने हामीले अपेक्षा गरेका छौं ।
धारा नेपालगन्ज म्याराथनमा सहभागी हुन चाहने जो सुकैले जहाँबाट पनि अब नेपालगन्ज म्याराथन डट कम वेभसाइटबाटै आफ्नो नाम दर्ता गर्न सक्ने छन् । सात वटै प्रदेशबाट सहभागी गराउने हाम्रो लक्ष्यमा बेभसाइटले मद्दत गर्ने विश्वास गरेका छौ । बेभसाइटबाट म्याराथनको गतिविधिबारेमा अपटेड हुन पाइनेछ ।
ठकुरी नेपालगन्ज म्याराथनकाे संस्थापक अध्यक्ष हुनुहुन्छ ।