नेपालगन्ज – चर्को ब्याजदर,अबैध आयात विरुद्ध आन्दोलनको घाेषणा गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीलाई पत्रकारले प्रश्न गरे- तपाईंहरु अबैध आयात विरुद्ध आन्दोलन गर्दै हुनुहुन्छ । तर अबैध तरिकाले आएको सामन नै ब्यापारीले बेच्ने गर्दै आएका छन् । यसलाई के भन्नुहुन्छ ?
जवाफमा मन्सुरिले भने- हामी कहिले पनि अबैध ब्यापारकाे पक्षमा छैनौ । यदि त्यस्ताे काम कसैले गर्दै आएका छन् भने कानुन बमाेजिम तत्काल दण्ड गरून् ।
नेपालगन्ज उद्योग वाणिज्य संघ त अबैध आयात राेक्न माग गर्दै दावावमुलक अभियानमै रहेकाे महासचिव चिरञ्जीवी ओलीले बताए ।
उनका अनुसार अबैध आयातसंगै खुल्ला सिमाकाे फाइदा उठाउदै सिमापार किनमेल गर्न जाने सर्बसाधारणलाई स्वदेशमै किनमेलकाे लागि प्रोत्साहित गर्न प्रचारात्मक अभियान थालिएको छ ।
काेहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पौडेल आफैले केही दिन पहिले भारतबाट ल्याइएको पाँच कुइण्टल चिनी बरामद गरि राजश्व अनुसन्धान कार्यालय काेहलपुरलाई बुझाए । अबैध आयातले स्वदेशकाे व्यापार चौपट्टै हुन थालेपछि आफुहरु राेक्न अग्रसर हुनुपरेकाे बताए ।
अबैध आयात विरुद्ध व्यवसायीक संस्था सडकमै उत्रनु परेकाे छ । अबैध आयात विरुद्ध काम गर्ने प्रहरी जस्ता निकायले नेपालगन्जदेखि जमुनाहसम्म आधा दर्जन चेकपोस्ट बनाएका छन् । तर दैनिक जसाे अबैध सामान भित्रीन्छ । त्यसरी आउने सामान गाेदाममा स्टक गरेर बजार पठाइन्छ ।
सस्ताेमा खरिद गरेर बिना भन्सार त्यसरी ल्याउने समान मुनाफा धेरै लिएर बेचबिखन हुने गरेकाे पाइन्छ । यसरी हुने तस्करी नियन्त्रण गर्न उद्योग वाणिज्य संघहरु नै सडकमा आएपछि तस्करी नियन्त्रण गर्न सरकारले खटाएका निकायले सजिलाे मान्नुपर्ने हो ।
तस्करी नियन्त्रण गर्न सराेकारवाला निकाय सक्रिय हुनुपर्ने र बैध ब्यापारलाई प्रोत्साहन गर्नुपर्ने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीस बताउँछन् । उनी भन्छन्- यस्ताे अबैध काराेवार गर्नेले निश्चित मान्छेलाई त फाईदा गर्ला तर बैधानिक रुपले ब्यापार गर्ने ब्यापारी र राज्यलाई नाेक्सान गरिरहेकाे छ ।