नेपालगन्ज – पानी उद्योग संघ बाँकेकाे अध्यक्षमा बिनय श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार सम्पन्न साधारणसभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिती गठन गरेकाे हाे ।
नयाँ कार्यसमितिकाे बरिष्ठ उपाध्यक्षमा बेद प्रशाद गुप्ता,उपाध्यक्षमा रिजवान अन्सारी, महासचिवमा विकास खड्का,सचिवमा उदितबाबु रेग्मी,काेषाध्यक्षमा शरद प्रशाद रिजाल छन् ।
सदस्यमा भरत सिलवाल,दिपक केसी,साकिर हुसेन खान,तिलकराम साहु,रबिचन घर्ती रहेका छन् ।