नेपालगन्ज – नेपाल बुद्धिजिवी परिषद लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा दमनध्वज डिसी सर्वसम्मत निर्वार्चित हुनुभएको छ ।
नेपाल बुद्धिजिवी परिषदका केन्द्रीय अध्यक्ष डा. दिनेश चन्द्र देवकोटाको प्रमुख आतिथ्यतामा शनिवार नेपालगन्जमा सम्पन्न प्रथम अधिबेशनले डिसीको नेतृत्वमा नयाँ कमिटि गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा कपिलवस्तुका पोष्टराज गौतम, सचिवमा दाङका सानु नारायण अधिकारी, उपसचिवमा अर्घाखाँचीका दिनेश बेल्वासे, बाँकेका लालमणि पोख्रेल र कोषाध्यक्षमा बर्दियाका रामचन्द्र लामिछाने निर्वार्चित हुनु भएको छ ।
सदस्यमा नवलपरासीका लक्ष्मी अर्याल, गुल्मीका केशर बहादुर थापा, दाङका तारा भुषाल, प्युठानका आकाश भण्डारी, रोल्पाका शोभाराम बस्नेत, रुपन्देहीका चिरञ्जीवि देवकोटा, बाँकेका विर बहादुर विक, दाङका राम प्रसाद गौतम, बर्दियाकी लक्ष्मी खत्री, दाङका महेन्द्र भण्डारी, बर्दियाका सुशिल ज्ञवाली रहेका छन् । कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष देवकोटाले बुद्धिजिवीहरुले नेकपा एमाले र नागरिकका पक्षमा शसक्त भएर बोल्नुपर्ने बताउनुभयो ।
देश परिवर्तनका लागि बौद्धिक बर्गले नेकपा एमाले रोजेको उहाँको भनाई छ । अधिबेशनमा एमाले बाँकेका उपाध्यक्ष डिल्ली विसी सहित विभिन्न बक्ताले समाज परिवर्तनका लागि एमाले रोज्नुको विकल्प नरहेको बताउनु भएको थियोे । अधिवेशनकाे अध्यक्षता ज्ञानबहादुर खत्रीले गर्नु भएको थियोे भने कार्यक्रम संचालन भुवनेश्वर लामिछानेले गर्नु भएको थिया ।