मुसिकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना


तस्बिर :- अम्मरराज पुन

रुकुम पश्चिम ८,असोज । रुकुम पश्चिमको मुसिकोटमा आज राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय उद्घाटन भएको छ । वडानम्बर १, को बागबजारबाट बैंकिङ सेवा दिने गरि राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय उद्घाटन भएको हो ।

बैंकका संचालक दिलिप कुमार ढुंगाना र कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले रिबन काटेर शाखाको उद्घाटन गर्नुभएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको बाणिज्य बैंकले २ सय ६२ औं शाखाको रुपमा मुसिकोट शाखा कार्यालयको सुरुवात गरेको छ ।

शाखा उद्घाटन लगत्तै प्रभात फेरि गरेर सेरीगाउँ स्थित सहिद स्मृति प्रतिष्ठानमा औपचारिक समुद्घाटन कार्यक्रम समेत गरिएको छ । सो कार्यक्रममा बैंकका कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले दिने सेवा र सुविधाको विषयमा आफ्नो भनाइ राख्नुभएको छ ।

७ वटै प्रदेश र देशका ७० जिल्लामा शाखा कार्यालय रहेको राष्ट्रिय वाणिज्य बैंक २०२२ साल माघ १० गते स्थापना भएको हो । हाल १६ लाख बढी मोबाइल बैंकिङ सेवाग्राही रहेको यस बैंक सेवा सुबिधाका रुपमा अन्य बैंक भन्दा राम्रो र भरपर्दो रहेको बताईएको छ ।

समुद्घाटन कार्यक्रमको अध्यक्षता बाणिज्य बैंकका कर्णाली प्रदेश उपप्रमुख केशवराज खनालले गर्नुभएको थियो । बैंकका संचालक दिलिप कुमार ढुंगाना र कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको बताईएको छ ।

राष्ट्रिय वाणिज्य बैंक मुसिकोट शाखा प्रमुखमा भने मुन बहादुर बुढा रहनुभएको छ ।

प्रकाशित मितिः     ८ आश्विन २०७९, शनिबार १८:०९  |