विराटनगर । पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रदेश १ को विराटनगरको व्यापारीक केन्द्र क्रमशः वीरगन्ज नेपालगन्ज हुँदै भैरहवा पुगेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रममा बोल्दै पुनले नेपालगन्जले कैलास जाने ३५ सम्म फ्लाइट गरेको भन्दै पुनले प्रदेश १ ले त्यस्तै गर्न नसकेको बताएका हुन् ।
‘नेपालगन्जबाट हुम्ला दैनिक ३५ फ्लाइटसम्म हुन्छ’पुनले भने, ‘विराटनगरबाट हलेसी र सगरमाथा बेस क्याम्प त्यत्तिकै फ्लाइट किन हुन सक्दैन रु’ प्रदेश १ ले कृषिमा देशको एक नम्बर प्रदेश भएपनि आर्थिक वृद्धि प्रदेश १ को राष्ट्रिय एभरेज भन्दा कम भएतापनि स्वास्थ र शिक्षा क्षेत्रमा प्रदेश १ को राम्रो उपस्थिती भएको बताए।
९ प्रधानमन्त्री जन्माइसकेको प्रदेश १ ले जलविद्युत बंगलादेशलाई बेच्ने व्यापक सम्भावना भएको पुनले बताए। कृषिको जनशक्तिलाई उद्योगमा रुपान्तरण गरेर मात्रै आर्थिक उन्नति हुने पुनले तर्क गरे। उनले भने,‘दक्षिण पूर्वी एसियायी देशको आर्थिक विकास नि यसैगरी भएको हो। हाम्रो बाटो नि यहि हो।’
पुनले प्रारम्भिक चरणमा पूर्व क्षेत्रको विराटनगर औद्योगीकरणको हब रहेकामा पछिल्लो समय त्यो वीरगञ्ज हुँदै भैरहवा–बुटवल पुगेको र भविष्यमा नेपालगञ्ज हुँदै धनगढीसम्म विस्तार हुने सम्भावना देखिएको बताए । ‘विराटनगरबाट सुरु भएको औद्योगीकरणको प्रक्रिया सरेर भैरहवा– बुटवल पुगेको छ । अब औद्योगीकरणको प्रक्रिया नेपालगञ्ज हुँदै धनगढीतर्फ सर्न सक्छ । संघीयताका कारण प्रतिस्धर्पाको वातावरण बनेको छ ।’
पुनले नेपालको सीमावर्ती क्षेत्र भारतीय बजारका लागि निकै उपयुक्त रहेको चर्चा गरे । भारततिरको विशाल बजार शिक्षा, स्वास्थ्य, पर्यटन र जलविद्युतको बजार भएकाले त्यसबाट पर्याप्त फाइदा लिनुपर्ने उनले बताए ।
पछिल्लो समय झापाको काँकडभिट्टादेखि कञ् चनपुरको गड्डाचौकीसम्म धरै तारे होटल बन्नुले सीमावर्ती क्षेत्र नयाँ आर्थिक हब बन्ने सम्भावना देखिएको उल्लेख गरे । भारतको बिहार र उत्तरप्रदेशका धेरै बिरामी अहिले पनि नेपालका अस्पतालमा उपचार गर्न आउने गरेको भन्दै उनले भारतीय बजारलाई हेरेर स्वास्थ्यका संरचना बनाउनुपर्ने बताए । यस्तै भारतीय विद्यार्थीहरु सीमावर्ती नेपालको शिक्षालयहरुमा उच्च शिक्षाका लागि आकर्षित गर्न सकिने सम्भावना औंल्याए ।
‘आँखासम्बन्धी उपचारमा नेपाल धेरै राम्रो छ । भारतीयहरु सीमा क्षेत्रमा उपचारमा यहाँ आउनेछन् । बोर्डर क्षेत्र शिक्षा, स्वास्थ्य र पर्यटन पूर्वाधारका केन्द्र हुन् । काँकडभिट्टादेखि महेन्द्रनगरसम्म पाँच तारे होटलको तीव्र गतिमा विकास भएको छ,’ पुनले भने, ‘नेपालको आर्थिक गतिविधि पूर्वमा मात्र केन्द्रित रहेकामा क्रमशः सीमावर्ती क्षेत्रहरु हुँदै पश्चिमतिर सर्दै गएको छ ।’
सन् २०२२ मा मात्र भारतबाट ५ करोड पर्यटक घुम्नका लागि बाहिर निस्कने तयारीमा रहेको उल्लेख गर्दै उनले १ प्रतिशत मात्र नेपाल भित्र्याउन सकिए नेपालको अर्थतन्त्रमा धेरै ठूलो योलगान मिल्ने बताए । भारतमा गर्मी चढेका बेला नेपालका ‘हिल स्टेसन’हरु भारतीयहरुका लागि राम्रो गन्तव्य भएकाले त्यो सम्भावना चुम्न सक्पुर्ने उनको भनाइ थियो ।