नेपालगन्ज – नेपालगन्जमा अन्तरदेशीय पर्यटन प्रर्बधनमा उल्लेखनीय काम हुन सकेको छैन । काम भन्दा कुरा गर्ने सरोकारवाला पक्षका कारण अन्तरदेशीय पर्यटन प्रर्बधनको सुनौलो अबसरलाई छोप्न सकिएको छैन ।
नेपालगन्जमा क्यासिनो र फनपार्कका कारण दैनिक ठुलो संख्यामा भारतीयहरु आइरहेका छन् । मुस्किलले एक रात बस्ने गरेका उनिहरुलाई लामोसमय टिकाउने गरि गतिविधि हुन जरुरी रहेको बताइन्छ । यी भारतिय मार्फत पश्चिमका पर्यटिकयस्थलको भारतमा प्रचारप्रसार गर्न सकिने सम्भावना छ ।
बाँकेमा पर्यटन पुर्बाधार निजिक्षेत्रबाट बनेपनि सरकारको तर्फबाट बन्नुपर्ने राझा विमानस्थलको स्तरोन्नति,बाँके राष्ट्रिय निकुञ्जको सुधार लगायतका काम नहुदा पर्यटकलाई टिकाउन सकिएको छैन । तर बर्दिया,कर्णाली लगायतका क्षेत्रमा घुमफिर गराउन अन्तरदेशीय पर्यटन पर्यटन प्रर्बधनमा ध्यान पुगेको छैन ।
कोरोना कहर अघि जिल्ला समन्वय समिति,पर्यटन प्रर्बधन मन्च लगायतले नेपालगन्ज र उत्तरप्रदेशमा यहाँको पर्यटनका बिषयमा छलफल,अन्तरक्रिया गर्ने गरि छलफल नभएको होइन । तर कोरोना कहरपछि भिजिट २०२० लगायतका कार्यक्रम स्थगित भए । त्यसबेला स्थगित भएको मध्ये अन्तरदेशिय पर्यटन प्रर्बधनका लागि वेष्टन टुरिजम मेला आयोजना गरिएको अभियानता डा. ओम मिश्रा बताउँछन ।
नाट्टाका जिल्ला अध्यक्ष श्रीराम सिग्देलले पर्यटन प्रर्बधनका लागि नेपालगन्जमा भएको टुरिजम मेला उदाहरणीय भएको बताउछन् । पर्यटन प्रर्बधनमा महत्त्वपूर्ण भुमिका निर्बाह गरेको बताउदै सिग्देलले अझ धेरै काम गर्न बाकी रहेको बताए । त्यसका लागि सरकार तथा निजिक्षेत्रको सहयोग हुनुपर्ने उनको भनाइ छ ।