‘मह’ जोडीकाे उपस्थितिमा नेपालगन्जमा अम्बे स्टिलकाे ‘डिलर समिट’


नेपालगन्ज – ‘मह’ जोडीकाे उपस्थितिमा नेपालगन्जमा अम्बे स्टिलले बुधवार ‘डिलर समिट गरेकाे छ ।

साेल्टि हाेटलमा आयोजित डिलर समिटमा उक्त उद्योगका अध्यक्ष शाेभाकर (हरि) न्यौपाने,निर्देशक शिवाज न्यौपाने लगायतकाे उपस्थित थियाे ।

अम्बे समूहले २०११ मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)लाई ब्रान्ड एम्बेसडर नियुक्ति गरेकाे हाे ।

अम्बे स्टिलको एउटा कारखाना भैरहवा र अर्को नेपालगञ्जमा छ । भैरहवामा ४ सय टन र नेपालगञ्जमा १ हजार टन क्षमताका कारखाना छ । नेपालगञ्जको प्लान्ट कोभिड शुरु अगाडि मात्रै लगाएको हो । प्रायः डण्डीका प्लान्टहरु वीरगञ्ज, विराटनगर, भैरहवामा भए पनि नेपालगञ्जमा नभएकाले नेपालगञ्जमा अम्बेको ‘मोनोपोली’ जस्तै छ ।

अम्बे स्टिलको बजार नेपालगञ्जलगायतका पश्चिमी क्षेत्रमा राम्रो छ । नेपालगञ्ज क्षेत्रको बढी बजार अम्बेकै हो । महेन्द्रनगर, सुर्खेतमा राम्रै छ । चितवन, दाङ, भैरहवा, बुटवलमा पनि अम्बेको स्थिति राम्रै छ ।

पश्चिमकाे यिनै क्षेत्रका डिलरकाे उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

प्रकाशित मितिः     १३ आश्विन २०७९, बिहीबार ०८:११  |