नेपालगन्जका बैंक र एटिएममा पैसा लिनेको भिड,सेवा छैन प्रभावकारी


नर्सिङहाेमस्थित एनएमबि बैंकको एटिएममा पैसा झिक्न पालाे पर्खिदै सेवाग्राही । बिपिचाेक दक्षिण नेपालगन्जमा धेरै सेवाग्राही यहि एटिएमको भर पर्दै आएका छन ।

नेपालगन्ज – दसैंका लागि नयाँ नाेट र किनमेल प्रयाेजनका लागि पैसा झिक्न नेपालगन्जका बैंकमा सेवाग्राहीकाे अत्याधिक भिड लागेकाे छ । हरेक बैंकमा बाहिरसम्मै ग्राहककाे लाइन लागेकाे छ भने त्यस्तै भिड एटिएममा समेत देख्न सकिन्छ ।

नियमित अवस्था भन्दा धेरै ग्राहक आउने अवस्थामा बैंकहरुको सेवा प्रभावित हुने गरेकाे छ । यस्तै बेला सेवाग्राहीलाई बैंकले दिने सेवा अझ प्रभाबकारी हुनुपर्नेमा झन अस्तव्यस्त हुने गरेकाे छ ।

दिनभर लामाे समयसम्म चर्को घाममा सेवाग्राही बस्न बाध्य छन् भने तत्काल पैसा पाइने भनिएको एटिएमकाे सेवा त झनै कमजाेर छ । एकै पटक सेवाग्राहिको भिड लागेपछि कतिपय एटिएमको सिस्टमले काम गरेकाे छैन भने कतिपयकाे एटिएम नै बन्द छन् ।

 

प्रकाशित मितिः     १४ आश्विन २०७९, शुक्रबार १३:०२  |