नेपालगन्ज- भारतीय बजार रुपैडिया नेपाली ग्राहकले धानिएको छ । भए भरकाे सामान सस्ताे पाइने भन्दै नेपाली रुपैडिया पुग्दा चाउचाउ त्यहाँका ग्राहका लागि सबैभन्दा रुचिको खानेकुरा बनेकाे छ ।
वाईवाई,प्रिति चाउचाउ भारतीय माझ लाेकपृय छ । जमुनाह नाकाबाट दैनिक चाउचाउकाे प्याकेछ बाेकेर भारत जानेकाे लर्को नै देख्न सकिन्छ । माईत वा आफन्त भारतमा रहेका नेपालगन्जका सर्बसाधारणले पनि उपहारका रुपमा नेपाली चाउचाउ लैजाने गरेका छन् । चाउचाउका रुपमा भारतमा म्यागी लोकपृय भए पनि नेपाली चाउचाउकाे जस्ताे नहुने गरेकाे रुपैडियाका स्थानीय बताउछन् ।
भारतीय भान्सामा नेपाली चाउचाउ लाेकपृय भए पछि रुपैडियाका व्यापारीले नेपाली चाउचाउ बिक्रिका लागि राख्न थालेका छन् ।