👉️हेमन्त वंश, नेपालकै धनाढ्य अग्रज हरिहर गौतम ४३ बारे-
विसु पाध्याका सन्तति अग्रज हरिहर गाैतम ४३ काे जन्म बिसं १९५८ मा महाेत्तरी जिल्लाकाे जलेश्वरमा भएको हाे। उहाँ विसु पाध्याका जनाती रहेकाे र उहाँको मूल थलाे अर्घाखाँचीकाे खिदिम पाेखराथाेक हाे।
राणाकालीन समयमा उहाँका पिताजी सुब्बा तारानाथ पाध्या जागिरको सिलसिलामा जलेश्वर रहनु हुँदा उहाँको जन्म भएको हाे। वैदिक सनातन संस्कृतिका उपाषक उहाँ एक कर्मठ ब्यक्ति रहनु भएको थियो ।
पिता पुर्खादेखिकै सम्पन्न रहनु भएको उहाँ समयक्रममा नेपालकै वैभवशाली महाजनकाे नाममा कहलिनु भएको थियो । उहाँको काराेवार देशै भरि फैलिएको र खिदिम,बर्दिया ,बाँके ,कपिलवस्तु ,काष्ठमण्डप ,त्रिसुली तथा दाङ लगायतका क्षेत्रमा १६ हजार बिगाह भन्दा बढि जग्गा जमिन रहेको थियो ।
उहाँले १९९४ सालमा खिदिममा जग्गा जमिन गुठी सहित गुरुहरु सहित संस्कृत पाठशाला स्थापन गरि ३६ जना शिष्य पढ्ने ब्यबस्थापन गरि दिनु भएको थियो ।
त्यसबेला बेला शिक्षा नेपालमा लिए पनि परीक्षा दिन वाराणसी जानू पर्दथ्याे। उहाँले वाराणसीमा परीक्षा दिन जाने शिष्यहरुलाई उच्च शिक्षा प्राप्त गर्न सहज हाेस भनेर वाराणसी मै हरिहर संस्कृत पाठशाला खाेलेर समुचित छात्रवृत्ति समेत राखिदिनु भएको थियो ।
बि सं १९९० देखि बि सं २०२२ सालसम्म पुरै नेपाल अधिराज्य भरीमा राजा पछि जनता मध्येमा सबैभन्दा धनाड्य भनेर जमिनदार हरिहर गौतम ४३ लाई चिनिन्थ्यो ।
बर्दियामा मात्रै उहाँको १३ हजार बिगाहा जमीन थियो भने नेपाल भित्र सबै तिरकाे जमिनकाे हिसाब राख्दा उहाँ सङ्ग १६,००० बिघाकाे आधिपत्य रहेको थियो ।
उहाँको प्रभाव समयमा बर्दियाभरिमा सबैभन्दा ठुलो घर (महल ) पनि उहाँकै रहेको थियो।
उहाँको महल बर्दिया, पदनहा गाबिसको बनघुस्रीमा रहेको थियो । तर केही बर्ष अघि त्यो महल जिर्ण भएर भत्किएको र अहिले तेहाँ महलकाे भग्नावशेष मात्रै रहेको छ।
समयका धनाढ्य अग्रज हरिहर गौतमका बारेमा सुनिएका केही रोचक घटनाहरु यस्ता रहेका छन्।
१) उहाँ सङ्ग पैसा छाप्ने मेसिन रहेको ,
२) उहाँले इनारमा गोहि पालेको ,
३) तत्कालिन राजा त्रिभुवन भ्रमणमा आउँदा नेपालगंज देखि बर्दियासम्म सडकमा गलैंचा बिछ्याइएको जस्ता श्रुति रहेका छन्।
बि सं. २०२१ सालमा राजा महेन्द्रको नेपालगन्ज सवारी हुँदा कारणवश उहाँ जान नपाउनु भएको र सवारीमा नगएको कारणलाई स्थुल बनाएर उनका प्रतिद्वन्द्वीहरुले राजा समक्ष अनर्गल कुरा पु-याइ जमिनदार हरिहर गौतमकाे जग्गा खोस्नकोलागि मात्र नेपालमा राजा महेन्द्रबाट भुमिसुधार ऐन २०२१ लगाई उहाँलाई जग्गाबाट निरुत्साहित पारेको अपुष्ट ईतिहास सुन्न पाईन्छ।
उहाँले भारतकाे काशीमा संस्कृत शिक्षा अध्ययनको लागि पूर्ण छात्रबृति र अन्य खर्च समेतको ब्यबस्था मिलाएर धेरै बिधार्थीहरुलाई पढाउनु भएको त्यो अबसर पाएका बिद्यार्थीहरू अहिले पनि रहेका पाइन्छन्।सामाजिक क्षेत्रमा समेत उहाँको सेवा तथा भूमिका अत्यन्तै उल्लेख्य रहेको छ।
अग्रज हरिहर गाैतमकाे त्यो विशाल महल (भवन) पुरातात्विक महत्वको मानेर सरकारले संरक्षण र पुनःर्निर्माण गरेको भए कति अशल हुने थियो ।
साहित्यकार मोदनाथ पश्रितको कथन अनुसार तत्कालीन राजा त्रिभुवनले “देशमा समस्या पर्दा तिमीले जनतालाई कतिदिन पाल्न सक्छौ ?” भनेर साेधनि भएको र उहाँले “सरकार मौसुफको कृपाले देशमा यस्तो समस्या आइपर्ने छैन्। यदि कथम्कदाचित त्यस्तो अनर्थ भए देशलाई समस्य परून्जेल म भरथेग गर्छु सरकार” भनेका थिए रे !
त्यसबेला भब्य महलको सब भन्दा माथिल्लो तलाकाे एउटा कक्षमा राजा महेन्द्र तथा त्रिभुवनबाट उहाँलाई प्रेषित पत्रहरु राखिएका थिए भनिन्छ । उक्त एउटा कक्ष पुरै पत्र संग्रहालयको रुपमा रहेको थियो रे ।
उहाँकाे महल परिसरमा बाघ पाल्ने खोर पनि थियो रे।
उहाँको पहलमा भारत बाट नेपाल बर्दियासम्म रेल ल्याउन लिग समेत राखिएको तर पछि साे मार्ग पूर्ण हुन नसकेको तथा पछि चोरी भइ नष्ट भएको पनि भनिन्छ ।
उहाँले अर्घाखाँचीमा बाटाे बनाएर जनसाधारणलाई धेरै सुविधा दिनु भएको थियो ।
जमिनदार हरिहर गाैतम बि सं २०२२ सालमा ब्रह्मलीन हुनु भएको हाे। उहाँ ब्रह्मलीन भएपछि खिदिममा स्थापित हरिहर संस्कृत विध्यालयलाई केही अार्थिक कठिनाइ परेछ। बिद्यालयकाे साे समस्या दूर गर्न उहाँका पुत्रद्वय बिष्णुहरि गाैतम ४४ र लक्ष्मीहरि गाैतम ४४ ले कपिलवस्तुमा रहेको ६८ बिघा जमिन बिध्यालयलाई पुनः प्रदान गर्नु भएको गाैरवमय इतिहास छ।
जमिनदार अग्रज हरिहर गाैतम ४३ वैदिक सनातन प्रति निष्ठावान् र प्रवल अध्यात्म साधक रहनु भएको थियो । मुलुकमा गरिने विकास निर्माण , समाजसेवा तथा शिक्षाको सेवामा उहाँ सदैव समर्पित रहनु भएको थियो ।
उहाँकाे दान दातब्य र सेवा अद्वितीय रहेको हुनाले उहाँलाई दानवीर हरिहर समेत भनिन्छ । यस्ता प्रतापि दानवीर अग्रज हरिहर गाैतम ४३ प्रति हामी सश्रद्धा सादर बन्दना गर्दछौं ।
उहाँको वंशावली पृष्ठ
३८ सुब्बा हेमन्त
३९ विसु पाध्या
४० नरकेशर + भागिरथी,ऋषिश्वरा
४१ लप्टन हेमलाल + तेजकुमारी
(४१ दाजुभाइ राधाकृष्ण ,जयमंगल,हेमलाल,शिवलाल,पद्मधर,मित्रलाल)
४२ सुब्बा तारानाथ + टीकादेवी , ऐश्वर्याराज्यलक्ष्मी,याेगकुमारी
(४२दाजुभाइ पद्मलाेचन,हीरालाल ,चतुर्भुज,लक्ष्मीनारायण,नन्दलाल ,तारानाथ)
४३ हरिहर गाैतम + बिष्णुकुमारी,दुर्गाकुमारी ,गणेशकुमारी,क्षेत्रेश्वरीदेवी
४४ बिष्णुहरि र लक्ष्मीहरि
४४ बिष्णुहरि + दुग्धकला,सुशीला
४५ त्रिलाेचन,नुतन,पशुपति
४५ चेली विन्ध्यादेवी
४४ लक्ष्मीहरि + शान्तिदेवि
४५ श्रीहरि, हरहरि,
४५ चेली कामाक्षा
याे खाेज तथा बिचार गौतम समाजसं सम्बन्धित नेतिरमन गौतमका हुन । उहाँले सामाजिक सन्जालमा व्यक्त गर्नु भएको बिचार यसक्षेत्रसग सम्बन्धित भएको हुँदा यहाँ प्रकाशन गरिएको हाे । उल्लेखित तथ्य फरक पर्न गए सम्बन्धित नै जिम्मेवार रहनुहुने छ ।- सम्पादक