नेपालगन्ज – लगातारकाे बर्षाले पश्चिम नेपालकाे आर्थिक गतिविधि ठप्प भएको छ । आर्थिक केन्द्र नेपालगन्ज जलमग्न छ भने ठाउँ-ठाउँकाे सडकमा पहिराे गएर ढुवानी अवरुद्ध भएको छ ।
बाढी र पहिराेले धेरैको मृत्यु भइसकेकाे छ भने ठुलाे धनमालकाे नाेक्सान भएको छ । धनजनकाेकाे क्षति त भएको छ नै आर्थिक गतिविधि पनि ठप्प हुँदा दैनिक करोडौंको क्षति भइरहेकाे छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले लगातारकाे बाढिले ठुलाे आर्थिक नाेक्सान व्यहोर्नुपरेको बताउनुभयाे । उहाँका अनुसार नेपालगन्ज जलमग्न हुँदा पसलदेखि उद्योग ठप्प छन् भने उत्पादन भएको सामग्री अन्यत्र बाटाे अबरुद्ध भएकोले पठाउन सकिएको छैन ।