बाँके क्षेत्र नं. ३ मा एमालेकाे निर्वाचन परिचालनकाे कमान बाबुराम गौतमलाई,समेटिए युवा नेता


खजुरा -नेकपा (एमाले) बाँके क्षेत्र नं. ३ बाँकेको क्षेत्रीय कमिटीको बैठक खजुरामा सम्पन्न भएको छ । नेकपा (एमाले) का नेता बाबुराम गौतमको प्रमुख आथिथ्यतामा सम्पन्न बैठकले बाबुराम गौतम संयोजक, नन्द बिश्वकर्मा र पदम धिताल सह– संयोजक र करिम खान सचिव रहने गरि ३८१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

बैठकद्वारा जिल्ला प्रचार बिभाग प्रमुख सतिश निरौला संयोजक र सचिवालय सदस्य किशोर थापा सह– संयोजक रहने गरी प्रचार प्रसार उपसमिती, किरण ढकाल संयोजक रहेको घोषणा पत्र निर्माण समिती, दिपकराज अधिकारी संयोजक बिज्ञान कक्षपती र इन्द्रबहादुर थापा सह– संयोजक रहेको आर्थिक उपसमिति, तिलकवीर सुनार संयोजक रहेको युवा परिचालन समिति बिमल मल्ल संयोजक रहेको बिद्यार्थी परिचालन समिति समेत गठन गरिएको छ ।

बैठकले सम्पुर्ण पार्टी पङ्तिलाई एकढिक्का भएर निर्वाचनको अभियानमा जुट्न आव्हान गरेको छ, असोज २७ गते प्रदेशको बैठक र ३१ गतेसम्म क्षेत्र भरिका सबै वडा कमिटीहरु बैठक सम्पन्न गर्ने निर्णय बैठकद्वारा गरिएको छ ।

प्रकाशित मितिः     २५ आश्विन २०७९, मंगलवार १८:१८  |