दिनभर निर्वाचन प्रचारमा व्यस्त मन्त्री,साझ प्रधानमन्त्रीले गरे बर्खास्त


 

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तामेल गरेको जसपाका चार जना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका हुन्।

बर्खास्तमा परेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका जसपाका उम्मेदवार मोहम्मद इश्तियाक राई दिनभर पार्टी प्रचारमै थिए । प्रचारमै रहेका बेला उनकाे पद गएको छ ।

 

प्रकाशित मितिः     २७ आश्विन २०७९, बिहीबार १८:१७  |