उपकार लद्यु बित्तको सिइओमा शारदा पोखरेल नियुक्त


बाँके–बाँकेको कोहलपुरमा प्रधान कार्यालय रहेको उपकार लद्यु बित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दोस्रो पटकका लागि शारदा पोखरेल नियुक्त हुनुभएको छ ।

पोखरेललाई सिइओ नियुक्त गरिएको बताउँदै संस्थाकी अध्यक्ष शान्ती ढकालले भन्नुभयो–‘उहाँको दोस्रो कार्यकालमा संस्था नयाँ उचाईमा पुग्ने बिश्वास लिएका छौं ।’

महिलाले मात्र सन्चालन गरेको उक्त लद्यु बित्तको कार्यक्षेत्र लुम्बिनी प्रदेश हो । पूर्वी रुकुम र गुल्मी बाहेक अन्य जिल्लामा ३३ वटा शाखा सन्चालनमा रहेका छन् । २ अर्व २७ करोड लगानी गरिसकेको उपकारको चुँक्ता पुँजी ६ करोड ५६ लाख रहेको छ । उपकार मन्चमा प्रदेशभर चालिस हजार महिलाहरु आवद्ध भई बचत गर्दै आएका छ् ।

दोस्रो कार्यकालका लागि सिइओ नियुक्त पोखरेलले ३३ वटा शाखामा रहेका १ सय ८९ कर्मचारीको नेतृत्व गर्नुहुन्छ भने संस्थालाई प्रदेशकै उत्कृष्ट लद्यु बित्त बनाउने जिम्मेवारी पनि सम्हाल्नुहुने छ । पहिलो कार्यकालमा बचत गर्न मात्र सीमित संस्था लद्यु बित्त बनाउन सफल भएको बताउनुहुँदै पोखरेलले भन्नुभयो,–‘अन्य जिल्लामा शाखा बिस्तार गरेर संस्थाको कार्यक्षमता र कार्यक्षेत्र बिस्तार गर्न सफल भयौं । अब दोस्रो कार्यमालमा हामी भएकै जिल्लामा थप र नभएका जिल्लामा शाखा बिस्तार गर्दै उत्कृष्ट लद्यु बित्त बनाउने गरी काम गछौं ।’

२०६३ सालतिर बाँकेको कोहलपुरमा स्थापना भएको महिला उपकार मन्चले आफ्ना सदस्यबाट दश रुपैया बचत उठाउँथ्यो । मन्चका अगुवाहरु गाउँ गाउँमा गएर महिलाको समूह बनाउँथे । त्यही समूहबाट संकलन भएर बनाईएको महिला मन्च आज राष्ट्र बैंकबाट अनुमती प्राप्त घ बर्गको बित्तिय क्षेत्र बन्न सफल भएको हो ।

‘थोरै पैसाको बचतबाट महिलाले मात्र सुरु गरेको संस्था आज घ बर्गको बित्तिय संस्था बन्न सफल भएको छ । असाध्यै खुसी छु ।’–संस्थाकी अध्यक्ष ढकालले भन्नुभयो । सम्पूर्ण महिलाको सम्पत्तीका रुपमा महिला उपकार मन्च रहेको अध्यक्ष ढकालले बताउनुभयो । २०६० सालमा महिला उपकार मन्चले लद्युबित्त कार्यक्रम सन्चालन गर्ने अनुमति पाएको थियो । त्यसको केही वर्षपछि उसले काम सुरु गरेको हो ।

प्रकाशित मितिः     २ कार्तिक २०७९, बुधबार १२:२१  |