नेपालगन्ज – नेशनल लाइफ इन्स्योरेन्सले नेपालगञ्ज सुर्खेतरोड वन कार्यालय अगाडि रु ३४ कराेड लागतमा ७ तले भवनको निर्माण कार्य शुरु गरेकाे छ ।
झण्डै ४कठ्ठा ५ धुर छेत्रफलमा फैलिएको बेसमेन्ट सहित ७ तल्लाको अत्याधुनिक भवनको बुधवार भुमी पुजा कम्पनीका कार्यकारी अधिकृत आदरणीय सुरेश प्रसाद खत्रीले गरेका छन् ।
भवनको निर्माण १८ महिनाको समय अवधिमा ३४ करोडको लगानीमा निर्मित यो भवन नेपालगञ्जकै नमुना भवन बन्ने कम्पनीले जनाएको छ ।
कार्यक्रममा नेपालगञ्ज, कोहलपुर खजुरा भृगाउँ गुलरिया शाखाका प्रमुखहरु ,सकृय अभिकर्ताहरुको उपस्थिति थियो । अनडरग्राउन्ड पार्किङ्ग सहित सात तले भवन बन्ने छ ।
अठार महिनामा निर्माण सम्पन्न हुनेगेरी काठमान्डौ बसुन्धराको टुन्डी जम्बुदीप जोइन्ट भेन्चर निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको छ । आफ्नै अत्याधुनिक भवन बन्ने भएपछि अधिकर्ता र कर्मचारी सबैमा खुशियाली छाएको छ ।