युवालाई देशमै इलम गराउने नीति बनाउनुकाे सट्टा खाडी पठाउने याेजना बुन्दै नेता


नेपालगन्ज । सत्तारुढ दलका ठुला नेताले नै फ्रि–भिसा र फ्रि–टिकट दिने र युवालाई खाडी पठाउन प्रोत्साहित गरिरहेका छन् ।

देशमै इलम खाेज्ने भन्दा युवाहरुलाई खाडि पठाउन प्रोत्साहित गर्ने नेतामा अरु कोहि होइन नीतिनिर्माता मानिने पुर्बप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, प्रधानमन्त्री पत्नी आरजु देउवा, समाजवादी पार्टीका नेता किशन श्रेष्ठ हुनुहुन्छ । उहाँहरुले चुनावकाे मुखमा सोझासिधा युवालाई भड्काएर बिदेश पलायन गराउने गरि भाषण दिएपछि सामाजिक सन्जालमा आलोचित बन्नुपरेको छ ।

नितिनिर्माण तहमा पुगेका नेताले युवाहरुलाई स्वदेशमै इलम गर्ने बाताबरण बनाउछु भन्नुपर्नेमा बिदेश पठाउने कुरा गर्ने गलत भएको धेरैको बुझाइ छ ।

प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा फ्रि–भिसा र फ्रि–टिकटको आश्वासन बाँड्नेहरूलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
झापाको धुलाबारीमा नेकपा (एमाले) र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा सम्वोधन गर्दै अध्यक्ष ओलीले रौतहटमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका माधव नेपालले फ्रि–भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेकोप्रति आपत्ति जनाउनुभयो ।

यसैगरी बारा–४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले पनि युवालाई फ्रि–भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्ने उहाँले वताउनुभयोे ।

प्रकाशित मितिः     २ कार्तिक २०७९, बुधबार १६:५८  |