१० औं राष्ट्रिय खेलकुद सुर्खेतमा,निजिक्षेत्रकाे स्वागत


नेपालगन्ज -राष्ट्रिय खेलकुद परिषदले आगामी १० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गर्ने निर्णय गरेकोमा निजी क्षेत्र सुर्खेत उद्योग बाणिज्य संघ अत्यन्त हर्षित भएको छ ।

प्रत्येक तीन वर्ष हुने उक्त खेलकुदको आयोजना गर्न अन्य प्रदेशले माग गरेपछि परिषदले कर्णाली प्रदेशलाई छनौट गरेकोमा परिषदप्रति संघका अध्यक्ष लक्ष्मण कडेल र महासचिव भद्र भण्डारीले बिज्ञप्ति जारी गरेर धन्यवाद व्यक्त गरेका छन् ।

परिषदले असोज २ गते पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा पोखरामा बसेको बैठले आगामी २०८१ सालमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको थियो ।

परिषदको उक्त निर्णयले कर्णाली प्रदेशको खेलकुद पर्यटनको विकास हुने, समग्र कर्णाली प्रदेशको पहिचान देशभर हुने र आर्थिक चलायमान हुने अपेक्षासमेत गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

मानव सूचकांकमा पछाडि परेको कर्णालीलाई खेल पर्यटनका माध्यमबाट अगाडि ल्याउन आगामी राष्ट्रिय खेलकुद प्रतियोगिताले गर्नेमा कुनै दुई मत नभएको बताउदै बिज्ञप्तिमा त्यतिमात्र होइन, खेलकुदका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारको विकास पनि यो अवधिमा हुने नै भनिएको छ।

प्रकाशित मितिः     ३ कार्तिक २०७९, बिहीबार १६:०५  |