धवल विरुद्ध भ्रम छर्न प्रतिस्पर्धी उम्मेदवारबाट नक्कली फेसबुक आइडि प्रयोग !


नेपालगन्ज – बाँके क्षेत्र नम्बर २ का प्रतिनिधीसभा उम्मेदवार धवल शमशेर राणा विरुद्ध भ्रम छर्न प्रतिस्पर्धी उम्मेदवारबाट छद्म नाममा फेसबुक दुरुपयोग भएको छ ।

राप्रपा- एमालेले गठबन्धनका उम्मेदवार राणाका बिषयमा सार्बजनिकरुपमा खाेट लगाउने कुनै बिषय नपाएपछि छद्म नाममा प्रतिस्पर्धी उम्मेदवारबाट जथाभावी लेख्ने काम भइरहेकाे राप्रपाका नेता ऋषि देवकाेटाले बताए ।

हिम्मत भएकाले आमनेसामने भएर कुरा गर्ने हो नभएकाले यस्तै छद्म काम त गर्ने हो । यसले हाम्रो उम्मेदवारलाई केही फरक पर्दैन । उल्टाे जसका लागि भनेर त्याे समूहले याे काम गरिरहेकाे छ त्यसकै विरुद्ध धमाधम कमेन्ट आइरहेका छन् ।- देवकाेटाले भने ।

तर यसरी छद्म नाम प्रयाेग गरि अर्को उम्मेदवार विरुद्ध सामाजिक सामाजिक सन्जालकाे हुने प्रयाेगका बिषयमा सराेकारवाला निकायले निगरानी गर्नुपर्ने नेताहरु बताउछन् । धवलका विरुद्ध प्रयाेग भएको त्यस्ताे छद्म गतिविधिमा अन्य नेताका विरुद्धमा सर्बसाधारणले गर्ने तिखाे प्रतिकृयाका कारण साे समूह चकित छ ।

राप्रपा नेता देवकाेटाले सामाजिक सन्जालमा अनेक र स्वतन्त्र नाममा धवल विरुद्ध प्रोपोगाण्ड फैलाउने प्रतिस्पर्धी उम्मेदवार भएको बताए । केही दिनमै फन्डाफाेर गरिने पनि बताए ।

प्रकाशित मितिः     ४ कार्तिक २०७९, शुक्रबार १५:२७  |