‘मन्त्री हुने बित्तिकै ठाउँ-ठाउँ घरजग्गा र अर्बको उद्योग खाेल्ने पैसा कहाँबाट आउँछ ? जनता साेधिरहेका छन्’


नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार डा. धवल शमशेर राणाले सांसद र मन्त्री हुने बित्तीकै शहरका ठाउँ -ठाउँमा घरजग्गा अनि करोडौंको लगानीमा उद्योग खाेल्ने पैसा कहाँबाट आयो भनेर मतदाताले प्रश्न गर्नु पर्ने बताउनुभएको छ ।

यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार जसपाका माेहमद इस्तियाक राईले एक कार्यक्रममा राणालाई लक्षित गरि भ्रष्टाचारका बिषयमा जुनसुकै ठाउँमा आफू बहस गर्न तयार भएको बताएका थिए । त्यसलगत्तै आइतवार कम्दिकाे घरदैलोमा बोल्दै राणाले हुँदै नभएको र आफुलाई कहिले थाहा नभएको भ्रष्टाचारका बिषय जाेड्दा जनताले नै नपत्याएको बताए ।

“मन्त्री हुने बित्तिकै ठाउँ-ठाउँमा घरजग्गा, अर्बकाे उद्योग गर्ने पैसा कहाँबाट आउछ ? जनताले प्रश्न साेधिरहेका छन ।”- राणाले भने । राजनीति आडमा चरम भ्रष्टाचार गरेर अकुत पैसा कमाउनेले नै भ्रष्टाचार विरुद्ध सार्बजनिक बहसकाे कुरा गर्नु हास्यास्पद भएको राणाले बताउँछन् ।

राणाले नेपालगन्जमा टण्डन परिवारलाई धनी भन्ने गरिएको भए पनि राजनीतिक आडमा अकुत सम्पत्ति कमाएकाहरुले उनीहरुलाई उछिनेकाे बताउँदै भने- यस्ता पैसा माेह भएकालाई जिताउने हाे भने अरु केही हुने होइन शहरका विभिन्न ठाउँमा घरजग्गा जाेडिएलान् लावारिस शिलालेख थपिएलान् ।

प्रकाशित मितिः     ६ कार्तिक २०७९, आईतवार १४:३३  |